यसकारण नयाँ नोट रोक्दै राष्ट्र बैंक
काठमाडौं, असोज १३ । नेपाल राष्ट्र बैंकले तीन वर्षपछि नयाँ नोट वितरण पूर्ण रूपमा रोक्ने तयारी गरेको छ।
नयाँ नोट वितरण खर्चिलो र चुनौतीपूर्ण बन्दै गएकाले रोक्न लागिएको हो।
अहिले नयाँ नोट छपाइ र वितरण व्यवस्थापनमा वार्षिक ३ अर्ब रुपैयाँ खर्च हुने गरेको छ। यो खबर आजको कान्तिपुरमा यज्ञ बञ्जाडेले लेखेका छन्।
राष्ट्र बैंकले यसै वर्षदेखि नोट सटहीमा कटौती गरेको छ।


