फेरि युनिटीजस्तै ठ’गीध’न्दा, भारतीय नेटवर्किङबाट यसरी ठ’गिँदैछन् हजारौँ नेपाली

काठमाडौं, असोज १४ । युनिटी इन्टरनेसनलले अवै’द्य नेटवर्किङ व्यवसाय चलाएर लाखौँ नेपालीलाई ठ’गी गरेको घटना सेलाउन नपाउँदै भारतीय ओरियन्स नामको कम्पनीले यस्तै ध’न्दाबाट हजारौँ नेपालीलाई ठ’गेको फेला परेको छ।

भारतको लखिनपुर भन्ने ठाउँमा कार्यालय खोलेको ओरियन्सले लामो समयदेखि नेपालमा ५० किसिमका अ’वैध औषधि बिक्री गर्न सदस्य बनाएर नेटवर्किङ व्यवसाय चलाएको फेला परेको खबर आजको नागरिक दैनिकमा निर्मल घिमिरेले लेखेका छन्।

युनिटी इन्टरनेसनलले अ’स्पताल र स्वास्थ्य बिमा पोलिसी बेच्न नेटवर्किङ व्यवसाय सञ्चालन गरेजस्तै ओरियन्सले औषधि बिक्री गर्न नेपालका गरिब बस्तीका सोझा युवकयुवतीलाई सदस्य बनाएको हो।

यसको सदस्य बन्न नेपाली ९६ हजार शुल्क तिर्नुपर्छ। एकजना सदस्य बनेपछि उसले अरु दुईजनालाई सदस्य बनाउनुपर्ने नियम छ।

९६ हजार बुझाउने जोकोही भारतको लखिनपुरमा हुने प्रशिक्षण कार्यक्रममा सहभागी बन्छन्।

बन्द कोठामा चारदिनसम्म हुने प्रशिक्षणमा कम्पनीका बारेमा पढाउने गरिन्छ। चार दिनको तालिमपछि सहभागी ‘डाक्टर’ बन्छ र औषधि लिएर नेपाल फर्किन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।