कक्षा १२ मा जीवन उपयोगी शिक्षा अनिवार्य, कक्षा ११ मा नयाँ पाठ्यक्रम

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले कक्षा १२ का विद्यार्थीलाई ‘जीवनउपयोगी शिक्षा’ विषय पढ्न अनिवार्य गरेको छ।

अर्को शैक्षिकसत्र (२०७७) देखि कक्षा ११ मा सामाजिक अध्ययन र कक्षा १२ मा जीवन उपयोगी शिक्षाको पठनपाठन हुने खबर आजको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन्।

राष्ट्रिय पाठ्यक्रम पारुप स्वीकृत भएपछि कक्षा ११ र १२ मा संकाय प्रणालीको अन्त्य गर्दै ६ विषयको पढाइ हुन लागेको हो। विद्यार्थीले ३ अनिवार्य र ३ ऐच्छिक विषयको अध्ययन गर्नुपर्नेछ।

कक्षा ११ मा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन अनिवार्य र कक्षा १२ मा नेपाली, अंग्रेजी सहित जीवनउपयोगी शिक्षा अनिवार्य विषय रहने केन्द्रले जनाएको छ।

अनिवार्य बाहेक दुवै कक्षामा विद्यार्थीले थप ३ ऐच्छिक विषय अध्ययन गर्न पाउने छन्। ऐच्छिक विषयहरु विद्यार्थीले आफूले रोज्न पाउने व्यवस्था गरिएको केन्द्रका सूचना अधिकारी गणेशप्रसाद भट्टराईले जानकारी दिए।

‘अहिलेको जस्तो संकाय हुँदैन, विद्यार्थीले उच्चशिक्षामा कुन क्षेत्र रोज्ने त्यही अनुसार विषय छानेर पढ्न पाउँछन्,’ उनले भने, ‘उदाहरणका लागि विज्ञान ऐच्छिक रोज्ने विद्यार्थीले अन्य क्षेत्रको जुन कुनै विषय पनि रोज्न सक्छ, सबै ऐच्छिक विषय विज्ञान नै पढ्छु भनेपनि पाउँछ।’

नयाँ पाठ्यक्रम प्रारुपअनुसार केन्द्रले ७० वटा विषयको पाठ्यक्रम निर्माण गर्ने काम गरिरहेको छ। चालुवर्षभित्र पाठ्यक्रमअनुसार पाठ्यपुस्तक छपाएर आउँदो वर्षको शैक्षित्रसत्र देखि कार्यान्वयनमा जान लागिएको हो। यहि वर्ष केहि विद्यालयमा नयाँ पाठ्यक्रम नमुना परीक्षण गर्ने योजना भएपनि परीक्षामा हुने समस्याले केन्द्रपछि हटेको हो।

कक्षा ११ र १२ मा राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रियस्तरको परीक्षा सञ्चालन गर्छ। केहि विद्यालयमा मात्र नयाँ पाठ्यक्रम परीक्षणका रुपमा लागू गर्दा परीक्षामा प्रश्नपत्र बनाउने लगायत काममा झन्झट हुने भट्टराईले जनाए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖