नेपाललाई ‘ल्यान्डलक्ड’बाट ‘ल्यान्डलिंक्ड’मा रुपान्तरण हुन चीनले सघाउने

काठमाडौ, असोज २६ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको आर्थिक विकासमा चीन सरकार साझेदार बन्ने बताएका छन् ।

नेपालको दुई दिने राजकीय भ्रमणका लागि शनिबार काठमाडौं आएका सीले साँझ उनको सम्मानमा होटल सोल्टीमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

उनी नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा काठमाडौं आएका हुन् ।

रात्रिभोजलाई सम्बोधन गर्दै सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने, रसुवागढी छहरेदेखि काठमाडौंसम्म सुरुङमार्ग निर्माण गर्ने र अरनिको राजमार्गको स्तरोन्नतिमा सहयोग गर्ने प्रतिवद्धता जनाए । सीले नेपाललाई ल्यान्डलक्डबाट ल्यान्डलिंक्डमा रुपान्तरण हुन चीनले सघाउने पनि बताए ।

उनले भूकम्पपछिको पुनर्निर्माणका लागि चीनको सहयोगमा अघि बढेका परियोजनालाई पनि द्रुत गतिमा पूरा गर्ने प्रतिबद्धता जनाए । –नागरिक दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।