ठ’गिएका १३१ जना यात्रुको भाडा फिर्ता
सिन्धुली । चाडपर्वको मौका छोपेर यात्रुसँग बढी भाडा लिने सवारीलाई का’रवाही गर्नुका साथै यात्रुको भाडा फिर्ता गराएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा यात्रुहरुको भाडा फिर्ता गरि चाडपर्वमा यात्रु ठ’गिनबाट जोगाइएको हो।
दसैं सकिएर काठमाडौं फर्कने यात्रुसँग बढी भाडा लिएको तथा यातायात व्यवसायीले यात्रु ठ’ग्ने र दुः’ख दिने गरेको गु’नासो बढेपछि ट्राफिक प्रहरीले चेकजाँच क’डाई गरेको थियो । ‘विपि राजमार्ग भएर गुड्ने अधिकांश सवारी साधनले यात्रु ठग्ने क्रम बढेपछि सिन्धुली ट्राफिक प्रहरीले चेकजाँचलाई कडाई गरेको हो’
जिल्ला ट्राफिक प्रहरी कार्यालयका असई रामेश्वर पाण्डेले भने ‘दसैंको समयमा बढी भाडा लिएको गुनासो गर्ने एक सय ३१ जनाको भाडा फिर्ता गराएका छौं।’
उनले एक सय ३१ जनाको २९ हजार ६ सय रुपैयाँ भाडा फिर्ता गराइएको जानकारी दिए। दसैं मनाएर आफ्नो गन्तव्यतर्फ जाने यात्रुसँग मनपरी भाडा उठाएको गु’नासो बढेपछि सिन्धुली ट्राफिक प्रहरीले सवारीलाई का’रवाही गरेको छ। विपी राजमार्गस्थित सिन्धुलीको हिरापानीमा गरेको चेकजाँचमा एकै दिन सवारी का’रवाहीमा ७१ हजार राजस्व उठेको ट्राफिक असई पाण्डेले जानकारी दिए।-नागरिकबाट


