नेपाली क्रिकेटलाई यो उचाईमा पु¥याउनु भएका क्याप्टेन पारस खड्का, तपाईलाई सलाम !

काठमाडौं : नेपाली क्रिकेट साढे तीन वर्ष लामो निलम्बनबाट निस्केको खुसियालीमा मग्न क्रिकेट प्रेमीहरुको खुसी २४ घण्टा पनि टिकेन । खुसी खोस्ने पात्र थिए, सदैब सबै नेपालीलाई क्रिकेट बाट खुसी बाँड्ने नायक अर्थात पारस खड्का । विवादको भुमरी चुर्लुम्म डुबेको, राजनीतिक हस्तक्षेपले आहत बनेको र नयाँ खेलाडी खोज्न नभई पदाधिकारी पोस्न झैँ उभिएको नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि एउटा नायकले नेपालको क्रिकेटलाई कहिल्यै धर्मराउन दिएनन् ।

बरु नेपालको क्रिकेटको चर्चा विश्वमा चुल्याएर छोड्यो । तर, त्यही स्वाभिमान जोगाएर राखेको खम्बाले एकाएक नेपाली क्रिकेट टोलीको नेतृत्व अर्थात कप्तान पद त्याग्ने घोषणा गर्दा अन्य धेरै विषयलाई पछाडि धकेलेको छ । आखिरी किन त ? धेरैको प्रश्न यही छ तर कम बोल्ने पारसको अन्तर्य कसैले थाहा पाउन सकेका छैन । एक दशक देखि नेपाली क्रिकेट पारसको कप्तानीमा छ, अर्थात उनले देखाएका बाटोमा नै हिँडिरहेको छ ।

यस दौरानमा उनले नेपाल आमाका असल सन्तान बनेर गुण लगाए नेपाललाई । उनकै कप्तानीमा नेपालले टी–ट्वान्टी विश्वकप खेल्न सफल मात्र भएन, एक दिवसीय खेलको मान्यता समेत पायो । उनको कप्तानीमा पहिलो वान डे सिरिज र टि–ट्वान्टी सिरिज समेत नेपालले जित्यो । उनी नेपालबाट वान डे र टी–ट्वान्टी दुवैमा सतक प्रहार गर्ने एक्लो र पहिलो खेलाडी समेत बने ।

नेपाली क्रिकेटको लागि सबैभन्दा बढी भरपर्दो व्याट्सम्यान पारसले खेलबाट नभई बोली, व्यवहार र व्यक्तित्वले पनि विपक्षी टीमका खेलाडीहरुलाई ‘डोमिनेट’ गर्ने हैसियत बनाउँदा उनले अलग पहिचान बनाउन सफल भए । अन्तर्राष्ट्रिय किक्रेट परिषद् आइसीसीले लगाएको निलम्बन सोमबार साँझ फुकुवा हुनु र मंगलबार एकाएक पारसले क्रिकेटको कप्तानी त्यागेको घोषणा गर्नुमा केही संयोग त छैन ?

यही प्रश्नले आम क्रिकेट प्रेमीलाई यतिखेर चिमोटिरहेको छ । मंगलबार सामाजिक सञ्जाल मार्फत आफूले कप्तानी त्याग गरेको घोषणा गर्दा उनले क्यान माथिको निलम्बन फुकुवा भएकोमा खुसी समेत व्यक्त गरेका छन् । क्यानको नयाँ कमिटीलाई शुभकामना समेत दिएका उनले नेपाली क्रिकेट, क्रिकेटर र सरोकारवालाको हितमा काम गर्न पनि सुझाएका छन् । ‘एउटा कप्तानमा हुनुपर्ने सबै गुणले भरिएकाले पनि पारसको नेतृत्वको यो देशको क्रिकेटलाई अझै आवश्यक छ ।’

धेरै क्रिकेटप्रेमीको यो तर्कसँग असहमत हुने ठाउँ पक्कै नहोला । यो देशको क्रिकेटमा क्यानको लगानी भन्दा टिभीमा खेल हेरेर स्वतःस्फूर्त रुपमा जन्मिएकाहरुको बाहुल्य छ, भन्दा मलाई कुनै धक लाग्दैन। विश्वभरका खेलप्रेमीले दक्षिण एसियालाई सम्मानका साथ हेर्ने नजर क्रिकेट बनिरहेको अवस्थामा हाम्रो हिमाली मुलुकमा पनि क्रिकेट खेलिन्छ, भन्ने सन्देश दिदै त्यही सम्मानको लहरमा यो देशलाई उभ्याउन सफल कप्तान हुन् पारस ।

सन् २००९ मा मलेसियामा भएको एसीसी टी–ट्वान्टी एलिट कपमा नेपाली टोलीको कप्तानी सम्हालेका पारसले त्यसयता नेपालको व्याटिङलाई सगरमाथा तर्फ उठाउदै लगे । एक दशकमा नेपालले क्रिकेटमा पाएको सफलता प्रति विश्वभरका चर्चित क्रिकेट हस्तीहरुले समेत स्वागत र सम्मान गर्न पछि परेनन् । यो सफलता पक्कै पनि चानचुने होइन तर एक्कासि आएको उनको कप्तान पद त्याग्ने घोषणाले भने सबैलाई चकित र अचम्मित पारेको छ । क्याप्टेन पारस !

तपाईको चौका÷छक्कामा चन्द्र सूर्य अंकित झण्डा फर्फराएको छ, नेपाल लेखेको टिर्सट लगाएकाहरुको छात्ती गर्वले विशाल भएको छ । मुटु भित्रको राष्ट्र प्रेमलाई घोक्रो सुक्नेगरी प्रस्फुटित गराउने अवसर दिलाउनु भएको छ । १० बर्षे यात्रामा एउटा पनि विवादमा नपरी स्वेच्छाले कप्तानी त्याग्न मुटु नै चाहिन्छ र त्यो मुटु हुन पारस खड्का भएर जन्मिनु पर्छ । तपाईको कप्तानीमा जित पनि भोगियो, हार पनि झेलियो तर होनाहार लिडर तपाइको कप्तानीमा कहिल्यै कसैले एउटा पनि प्रश्न गर्न सकेनन् । नेपाली क्रिकेटलाई यो उचाईमा पु¥याउनु भएका क्याप्टेन पारस खड्का, तपाईलाई सलाम !

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।