यसरी लोकगायिका बिमाकुमारी दुरा पनि सहकारीबाट ठ’गिइन्

काठमाडौं– केही समयअघि चर्चित गायक रामकृष्ण ढकालले एउटा सहकारीबाट आफू ठ’गिएको भन्दै पत्रकार स’म्मेलन गरे। ललितपुरस्थित लालिगुँरास बचत तथा ऋण सहकारी संस्थाबाट आफू पी’डित भएको ढकालको भनाइ थियो।अहिले फेरि अर्को यस्तै घ’टना बाहिर आएको छ। चर्चित लोकगायिका बिमा कुमारी दुरा सहकारीबाटै ठ’गिएको खुलेको हो। बुढानिलकण्ठस्थित नयाँ सन्देश बचत तथा ऋण सहकारीबाट आफू ठ’गिएको भन्दै गायिका दुरा विभिन्न नि’काय गु’हारिरहेकी छिन्। गायिका दुराले आफ्नो साँवा मात्रै २० लाख फसेको र ब्याज कति पुग्यो भन्ने हिसाब नै नगरेको बताइन्।

नयाँ सन्देश सहकारीले २ हजारभन्दा बढी बचतकर्ताको करिब २५ करोड रुपैयाँ हि’नामिना गरेको पाइएको छ। तीनै पी’डित बचतकर्तामध्येमा गायिका दुरा पनि छिन्। बचतकर्ताको रकम हि’नामिना गरी फ’रार रहेका उक्त सहकारीका सञ्चालक समिति अध्यक्ष सानुसिंह ठकुरीलाई महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठले करिब एक महिनाअघि हि’रासतमा लिइसकेको छ भने अन्य सञ्चालकहरू फ’रार छन् ।लोक गायिका बिमा कुमारी दुरा भन्छिन् -म त्यो सहकारीमा स’दस्य भएको त्यस्तै ३/४ वर्ष भयो। सहकारीले हाम्रो पैसा हिनामिना गरेर ठ’गी गरिरहेको छ भनेर थाह पाएकै २ वर्षभन्दा बढी समय भइसक्यो।

पछिल्लो दुई वर्षमा सञ्चालकहरू एउटा लु’क्ने अर्को बा’हिर देखापर्ने क्रम चलिरहेको छ। हामीले थुप्रै नि’कायमा पहल पनि गर्‍यौं, तर कहीँबाट पनि पा’र लागेन। प्रहरीले पनि केही समय थु’नेर छाड्छ। हाम्रो उजुरीलाई नै उ’पेक्षा गरेर खासै चा’सो नदिएजस्तो भइरहेको छ। सहकारी विभागमा पनि गएर उ’जुरी हाल्यौं। पी’डित बचतकर्ता नै गएर उजुरी हालेका थियौं। त्यो सहकारीबाट २ हजारभन्दा बढी पी’डित छौं। तर, हाम्रो कुरा कसैले पनि सुन्दैनन्। मेरो मात्रै २० लाख जति रकम फ’सेको छ। म चि’नजानको आफन्तबाटै ठ’गिएँ भन्ने लागेको छ।

मलाई त्यो सहकारी कहाँ छ, के छ भन्ने नै थाहा थिएन। त्यो सहकारीमा काम गर्ने एक जना नजिकको बहिनी थिइन्। उनैले भनेर मैले एक सय दिने मु’द्दति खातामा पैसा राखेकी थिएँ। मेरो साँवा मात्रै २० लाख जति रकम छ, ब्याजको त हिसाब नै छैन। सय दिने मुद्दति खा’ताको समय सकिएपछि हामीले ‘साँवा-ब्याज खोई?’ भन्दा यतै छ भने। हामीलाई पैसा फि’र्ता दिइएन। कागज गर्न लगाए।त्यही सहकारीबाट पी’डित भएकाहरूका पनि दुईथरी स’मूह छन्। एउटा स’मूहले एउटा तरिकाले र अर्को स’मूहले अर्कै तरिकाले पैसा फि’र्ता लिन खोजिरहेका छन्।

त्यहाँभित्र धेरै र’हस्य छ जस्तो लाग्छ मलाई। खो’तल्दै जाँदा धेरै कुरा थाहा हुँदै जान्छन् होला। उनीहरूको भनाइका हिसाबले एकदमै आशा लाग्छ। तर, २ वर्ष भइसक्यो, अ’वस्था उस्तै छ। हामीले पैसा फि’र्ता पाएका छैनौं। पहिला ५ नम्बर वडाले यसको जिम्मा लि’न्छु भन्यो, तर बि’चैमा काम छा’ड्यो। कुनै सरकारी निकायले चा’सो देखाएनन्। अब त आ’श नै म’र्‍यो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖