अल्टिमेट आकाशको नेपाल संस्करण लोकार्पण

काछमाण्डौ ।  युवा साहित्यकार सन्तोष लामिछानेद्वारा लिखित उपन्यास “अल्टिमेट आकाश” को नेपाल संस्करण लोकार्पण भएको छ | उपन्यास काठमाण्डौको बागबजारमा रहेको हार्दिक होटलको सद्भाव हलमा गरिएको थियो | लोकार्पण कार्यक्रमको आयोजना उपन्यासको प्रकाशक जनमत प्रकाशन काभ्रेले गरेको थियो |

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कुलपति द्वय नारायणभक्त श्रेष्ठ (रायन) – संगीत तथा नाट्य प्रतिष्ठान र के के कर्माचार्य – ललितकला प्रज्ञा प्रतिष्ठान ; जीवेन्द्र देव गिरी – बरिष्ठ समालोचक तथा पुर्व सचिव नेपाल प्रज्ञा प्रतिष्ठान; प्रा. डा. उषा ठाकुर – प्राज्ञ र माया ठकुरी – प्राज्ञको बिशेष आतिथ्य रहेको थियो |

जनमत प्रकाशनका अध्यक्ष तथा बरिष्ठ साहित्यकार मोहन दुवालको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लेखकका पिता सामाजिक अभियन्ता डा. भरतप्रसाद लामिछानेले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो | त्यस लगत्तै अतिथीहरूद्वारा उपन्यासको संयुक्त रुपमा लोकार्पण गरिएको थियो | त्यसपछि प्रा. डा. जीवेन्द्रदेव गिरीले पुस्तकको सविस्तार समिक्षा तथा समालोचना गर्नुभएको थियो | अमेरिका जान खोज्ने जो कोही र सन्तान अमेरिका पठाउन खोज्ने अभिभावकहरूलाइ उपयोगी होस् भनेर उक्त कृतिको रचना गरेको उपन्यासकार सन्तोष लामिछानेले प्रकाश पार्नुभयो |

कार्यक्रममा लेखकलाई के के कर्माचार्य र माया ठकुरीले शुभकामना मन्तब्य राखेपछि कुलपति गङ्गा उप्रेतीले अल्टिमेट आकाश जस्तो उपयोगी उपन्यास प्रकाशित हुनु खुसीको कुरो भएको उल्लेख गर्नुभयो | करिब २००को संख्यामा विशिष्ठ साहित्यकारहरू र साहित्य अनुरागीहरूको उपस्थिति रहेको उक्त कार्यक्रम साहित्यकार यादव भट्टराईले संचालन गर्नुभएको थियो | सभाअध्यक्ष दुवालले बिट मारेपछि खाजापान गरेर कार्यक्रम समापन भएको थियो |

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।