झापामा एक युवा वैज्ञानिकद्वारा हात्ती ध’पाउने साइरन ड्रोनको अन्वेषण, परीक्षण सफल

टीकाराम उप्रेती, झापा । नेपाल पहिलो पटक अविष्कार केन्द्र सञ्चालन हुदै गर्दा झापामा एक जना युवा वैज्ञानिकले साइरन ड्रोन निर्माण गरेर जंगली हात्ती धपाउने नयाँ प्रबिधि अविष्कार गर्नु भएको छ। भद्रपुर नगरपालिका १ निवासी अनिल प्रधानले आफ्नै घरमा साइरन जडान गरिएको ड्रोन निर्माण गरि जंगली हात्ती धपाउन सबैभन्दा प्रभावकारी नयाँ उपाय प्रयोगमा ल्याउनु भएको हो ।

प्रधानले भन्नुभयो, मेरो घर आसपासमा जहिले पनि जंगली हात्ती आउने र दुःख दिने गथ्र्यो । झापामा नै हात्तीको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको देखियो। यसले गर्दा हात्तीलाई कसरी धपाउन सकिन्छ भन्ने बिषयमा अध्ययन अनुसन्धान गर्दा परिणाम आएको उहाँले बताउनु भयो । यसैक्रममा मौरी कराएको आवाजबाट हात्ती सबैभन्दा बढी डराउने पत्ता लगाए । यही मौरीको भुनभुन आवाजलाई ड्रोनमा जडान गरिएको छ ।

यसरी जडान गरिएको ड्रोनमा रातो बत्ती समेत प्रयोग गरिएको छ । यही ड्रोन हात्तीको नजिकै लगेर उडाए पछि मौरी आएको त्रासमा हात्ती ठुलो आवाजका साथ गर्जदै जंगल तिर भाग्ने गरेको प्रधानले बताउनुभयो । ड्रोन हात्तीले पाँच किलो मिटर दुरीसम्म रिमोटले काम गर्ने भएकाले आफुपनि सुरक्षित भएर हात्तीलाई टाढाबाट नै धपाउन सकिने उहाँको भनाइ छ ।

यही परिक्षणबाट नयाँ प्रबिधिको प्रयोग सफल भएको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनु भयो । हात्तीलाई कुनै क्षति बिना भगाउन सकिने यो सबै भन्दा प्रभावकारी उपाय भएको उहाँको दाबी छ । धेरै प्रयोग भएपछि हात्तीले यो प्रबि धिलाई चिनेर नटेर्ने अवस्था समेत आउन सक्छ घिमिरेले बताउनु भयो । डिभिजन वन कार्यालय झापाको समेत सहभागितामा स्थानीय बासिन्दा सहितको टोली हात्ती धपाउन साइरन ड्रोनको परीक्षण गरेका थिए ।

यसको पहिलो पटक बिहीबार र शुक्रवार राती जंगली हात्ती धपाउने औपचारिक परीक्षण सफल भएको छ । परीक्षणको क्रममा शुक्रवार राती साढे दुई बजे भद्रपुर नगरपालिका कै जलथल क्षेत्रमा आएको पाँच वटा जंगली हात्ती धपाएको थियो । यस्तै बिहीबार राती मेची नपाको दुवागढीमा आएको सातवटा जंगली हात्ती धपाउन सफल भएको थियो । कक्षा १२ मा अध्यायनरत प्रधानको सानैदेखि अन्वेषणको बानी थियो ।

कम्प्युटर तथा इलेक्ट्रोनिक्स क्षेत्रमा बिषेश रुची रहेको उहाँले बताउनुभयो । यही प्रधानको प्रतिभा देखेपछि भद्रपुर नगरपालिकाले समेत साइरन ड्रोन निर्माणकालागि आर्थिक सहयोग प्रदान गरेको भद्रप्ुर नपाका मेयर जीवन कुमार श्रेष्ठले बताउनु भयो। नगरपालिका को लागानी भएकाले ड्रोनमा भद्रपुर नपा साइरन ड्रोन लेखिएको छ

यही सहयोगबाट ड्रोनका लागि आवश्यक सामान खरीद गरि कुल अढाई लाखको लागतमा निर्माण गरिएको प्रधानको भनाइ छ । हात्ती उपद्रवको जोखिम न्यूनीकरण गर्न १८ किलो मिटर लामो बिद्युतीय बार समेत लागाईको छ । जिल्लाको दक्षिण पूर्वी कचनकवल गाउँपालिका देखि पूर्वी उत्तरमा मेची नगरपालिकाको बाहुनडाँगी सम्मको १५२ किलो मिटर क्षेत्रलाई हात्ती कोरिडोर क्षेत्र घोषणा गरिएको छ ।

यो क्षेत्रको भौतिक बिकास लगायतका बिषयको लागि भनेर नेपालको संघीय सरकारले आर्थिक बर्ष २०७५/७६मा ६ करोड रुपियाँ विनियोजन गरिएको थियो । जिल्लामा अहिलेसम्म जंगली हात्तीको आ’क्रमणबाट मात्र ३९ जनाको मृत्यु भएको डिभिजन वन कार्यालय का प्रमुख घिमिरेले बताउनु भयो । यो प्रबिधि हात्ती प्र’भावित क्षेत्रका लागि सबैभन्दा राम्रो उपाय मानिएको छ ।-सिधाकुरा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।