तिहार नजिकिँदै गर्दा दर्शक रु’वाए प्रकाश सपुतले (भिडियो सहित)

काठमाडौं । दिदी र भाईको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने पर्व तिहार नजिकिँदै गर्दा बरिस्ठ सर्जक रमेश बिजीको मर् मस्पर्शी शब्द संयोजन र होनाहार संगीतकार बिबी अनुरागीको संगीतमा बहुचर्चित सर्वप्रिय गायक राम कृष्ण ढकालको स्वरले सजिएको “टिका माला” बोलको तिहार गीत बजारमा आएको छ ।

चर्चित गायक तथा मोडल प्रकाश सपूत र सरिता लामिछानेको जीवन्त अभिनय रहेको यस गीतको भिडियोलाई निर्देशक शंकर बीसीले निर्देशन गरेका हुन् । सबै भन्दा धेरै म्युजिक भिडियो निर्देशन र अभिनय समेत गरिसकेका शंकर बिसी भन्छन् । अहिलेसम्मकै उत्कृष्ट भिडियो भित्र यो पनि पर्छ, “म राती भिडियो हेरेर रुँ दै निदाएँ ।”

भिडियोमा अन्य कलाकारहरु मोनालिशा शर्मा, दीपक डि.बी, दीज्ञा महत, दपमर्श महत, खेम नेपालीले साथ दिएका छन् । दुर्गा पौडेलले खिचेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेर विन्धयाबासिनी म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖