च्यांग्राको रौंबाट दुई लाख पर्ने ब्लांकेट !

काठमाडौं, कार्तिक ४ । नेपालीमाझ च्यांग्रा स्वादिलो मासुका लागि परिचित छ। उच्च हिमाली क्षेत्रमा पाइने च्यांग्रा दसैंका बेला तराईसम्म पुग्छ।

च्यांग्रा मासुका लागि मात्रै महत्त्वपूर्ण छैन । रामपुरमा आयोजित एसिया क्षेत्रस्तरीय बाख्रा विज्ञहरूको सम्मेलनमा पुग्नेले च्यांग्राको रौं पनि मूल्यवान् भएको मेसो पाउँछन्।

आइतबारबाट कृषि तथा वन विज्ञान विश्वविद्यालयको सभाहल अगाडि धनप्रसाद लामिछाने सल, स्विटर ब्लांकेटजस्ता न्याना कपडाहरू राखेर बसेका छन्।

‘यो ब्लांकेट १२ हजारको हो,’ धनप्रसादले मूल्य सुनाए । मूल्य सुन्दा बढी जस्तै त लागेन नि? तर, धनप्रसादका लागि यो कमै हो । उनले थपे, ‘मसँग यस्तो ब्लांकेट २ लाख रुपैयाँ पर्नेसम्मका छन् ।’ च्यांग्राको रौंबाट बनेको हुँदा मूल्य बढी परेको हो। यो खबर आजको कान्तिपुर दैनिकमा चितवनबाट रमेशकुमार पौडेलले लेखेका छन्।

उनले विसं २०५६ सालदेखि काठमाडौं जोरपाटीमा माउन्ट मकालु पस्मिना उद्योग चलाएका छन् । त्यहाँ च्यांग्राको रौंबाट सामग्रीहरू उत्पादन गरिँदै आएको छ।

‘पहिलापहिला हाम्रा ग्राहक पूरै विदेशी थिए । अहिले नेपालीले पनि प्रशस्तै किन्न थालेका छन्,’ धनप्रसादले भने । च्यांग्राको महत्त्व मासुबाहेक अरू कुराहरूमा पनि छ भन्ने सन्देश दिन सम्मेलन आयोजकहरूले निम्त्याएका कारण आफू आएको उनले बताए।

‘यहाँ पनि धेरैले किन्ने उद्देश्यले नै सोधखोज गर्नुभएको छ तर हामीले धेरै ल्याएनौं,’ धनप्रसादले भने, ‘केवल प्रदर्शनीका लागि मात्रै हो।’

सम्मेलनको उद्घाटन सत्रपछि पशु सेवा विभागका महानिर्देशक वंशी शर्माका तर्फबाट भएको प्रस्तुतीमा पनि च्यांग्राको पस्मिनाले नेपाली किसानलाई राम्रो आय दिने कुरा उल्लेख थियो । नेपाल पस्मिना उद्योग संघका सचिवसमेत रहेका लामिछाने नेपालमा यस्ता तीन सय उद्योग रहेको बताउँछन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।