पी’डित परिवार भन्छन् : आलम उ’म्किए भने हामी बाँ’च्दैनौं
काठमाडौं, कार्तिक ४ । १२ वर्षअिघको ब’म वि’स्फोट घ’टनामा कांग्रेस सांसद मोहम्मद आफताव आलमवि’रुद्ध कि’टानी जा’हेरी दिएकाका परिवारहरू आफू’हरूमाथि जतिबेला जे पनि हुन सक्ने त्रा’समा छन्।
एक साताअघि पक्रा’उ परेका आलम का’नुनी कार’बाहीबाट उम्किए आ’फूहरूको ज्या’न जो’खिममा पर्ने भन्दै त्रा’सले पि’रोलिएका हुन्।
रौतहट राजपुर फरहदवामा भएको वि’स्फोटमा छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई गु’माएका श्रीनारायण भन्छन्, ‘यतिका वर्ष अ’नेकन दबा’ब र ध’म्की सहेर न्या’यका निम्ति ल’ड्यौं। अब दो’षी उ’म्के भने हामी बाँ’च्न पा’उँदैनौं।’
श्रीनारायणको सरुअठस्थित घरमा शुक्रबार र शनिबार सादा पोसाकमा प्र’हरी परि’चालन भएको देखिएको थियो। यो खबर आजको कान्तिपुरमा जनकराज सापकोटा र शिव पुरी मिलेर लेखेका छन्।
पिन्टुसँगै मा’रिएका ओसी अख्तरको परिवारलाई पनि सु’रक्षा दिन जिल्ला प्रहरी कार्यालयले सादा पोसाकमा सुर’क्षाकर्मी प’रिचालन गरेको छ।


