श्रीकृष्ण सम्झेर भा’वुक बने योगेश, स्वेता खड्काले दिइन् यस्तो प्रतिक्रिया (भिडियो सहित)

काठमाडौं । नायिका स्वेता खड्काले एनआरएनएका नव निर्वाचित सदस्यहरुलाइ बधाई दिन काठमाडौमा एक कार्यक्रम आयोजना गरेकी छिन। जहाँ नागरिक उड्ड्यन तथा पर्यटन मन्त्रि योगेश भट्टराई देखि व्यापारीहरु सम्म सहभागी थिए। एन आरएनएका सदस्यहरुको सहभागीमा शुभकामना तथा बधाई दिदै कार्यक्रममा स्वेताश्री फाउन्डेसन द्वारा निर्माण भइरहेको माझि बस्तीको लागि पनि सहयोग जुटेको छ ।

कार्यक्रममा बोल्दै योगेश भट्टराईले स्वेता खड्कालाइ माझि बस्तिको लागि शुभकामना दिदै स्व श्रीकृष्ण श्रेष्ठलाइ सम्झिदै भा’वुक बने। भट्टराई भा’वुक बनेको देखेपछि स्वेताको पनि अवस्था त्यस्तै थियो योगेश भट्टराइले श्रीकृष्ण श्रेष्ठको योगदान सम्झिदै स्वेता खड्का ले पनि त्यहि पथमा पाइला चालुन भन्दै शुभकामना दिएका छन् । योगेश भट्टराईले माझि बस्तिको लागि सरकारबाट चाहिने सहयोग आफ्नो तर्फबाट गर्ने कुरा पनि उल्लेख गरेका छन् ।

स्वेता खड्काले पनि एनआरएनएका सदस्यहरुबाट सहयोग पाएकोमा खुशी रहेको बताएकी छिन। माझि बस्ति आफ्नो मात्र नभएर नेपालीहरुको प्रोजेक्ट हो त्यस कारण सहयोग गर्नु हुने सबैलाइ धन्यवाद दिएकी छिन। एनआरएनएका सदस्यहरुले स्वेताश्री फाउन्डेसन लाइ आफ्नो तर्फबाट सहयोग गर्दै यो बस्ति चाडै सफलताका साथ निर्माण सम्पन्न होस् भन्दै शुभकामना दिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖