दुर्गेशले फेरि अपलोड गरेको वि’वादित गीतमा के छ?
काठमाडौं । गायक दुर्गेश थापाले वि’वादित गीत फेरि युट्युवमा अपलोड गरेका छन् ।
गीतले सामाजिक र सांस्कृतिक म’र्यादा उ’ल्लघंन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उ’जुरी परेको थियो ।
प्रहरीमा उ’जुरी परेपछि दुर्गेशलाई प्रहरीले मंगलबार नि’यन्त्रणमा गरेको थियो । त्यसपछि दुर्गेशले मा’फी माग्दै उक्त गीत युट्युवबाट हटाएका थिए । गीतमा राज्यद्वारा प्र’तिवन्धित न’शालु प’दार्थ गाँ’जा खान उ’त्प्रेरित प्रोत्साहान गर्ने शब्द अ’न्जानमा प्रयोग भएको भन्दै मा’फी मागेका थिए ।
त्यस्तै दिपावलीको अवसरमा म’दिरा से’वन गर्न खु’लेआम आह्वान गरेको भन्ने आम सरोकारवालाको चासो चि’न्तालाई आफूले मनन गरेको बताउँदै आगामी दिनमा यस्ता सामाजिक सांस्कृतिक सद्भावमा ख’लल पुग्ने खालका गीत भिडियो प्रकाशन प्रशारण नग’र्ने दुर्गेशले बताएका थिए ।
तर, युट्युवबाट ह’टाएको केही घण्टामै दुर्गेशले उक्त गीत अपलोड गरेका छन् । पछि अपलोड गरिएको गीतमा वि’वादित शब्दलाई म्यु’ट गरिएको छ ।


