भाइटीकाको साइत : कुन देशमा कतिबेला ?
काठमाडौ । नेपालमा भन्दा एकदिन अगाडि नै दशैंको साइत निकाल्ने एक पञ्चाङ्ग निर्णायक समितिले तिहारको भाइटीकाको पनि सा’इत निकालेको छ। नेपालमा दर्ता भएको विश्व ज्योतिष महासंघअन्तर्गत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिले यस्तो वि’वादास्पद साइत निकाल्दै आएको छ ।
यो नेपालमा आधिकारिकता नपाएको समिति हो । यसले चाडको साइतका नाममा नेपालीको दशै-तिहार संस्कारमा वि’भाजन ल्याइरहेको छ । यही समितिको कात्तिक ३ गते बसेको बैठकले नेपालसहित विभिन्न मुलुकमा बसेका नेपालीहरुका लागि पनि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको हो ।
यसअघि एक दिन अघि नै दशैको टीका साइत निकालेर वि’वादमा परेको समितिले तिहारको भाइटीकाकाो साइत भने संसारभर एकै दिन निकालेको छ । यसले निकालेको साइतअनुसार अमेरिका न्यूयोर्कको २९ अक्टोवर दिउँसो १२ः१५ मा जुराएको छ ।
त्यस्तै केन्टुक,टेक्सास र क्यालिफोर्नियामा क्रमस १२ः१८,१२ः५७ र १२ः५१ रहेको जनाएको छ । यता लण्डनको लागि ११ः४५, जापानको लागि ११ः५१ र क्यानडामा अपरान्ह १३ः१५ भाइटीकाको उत्तम साइत हो ।अस्ट्रेलियाका तीन सहर सिड्नी,मेलर्बन र बिसवेनका लागि क्रमश दिउँसोको १३ः०५,१२ः५०,१२ः०५ उत्तम सायत भनिएको छ । यस्तै पोर्चुगलको लागि १२ः३० र फ्रान्सको लागि १२ः१० बजे साइत जुराइएको छ ।


