नेपालको व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार, दक्षिण एशियामा नै तेस्रो स्थानमा पुग्न सफल

काठमाडौँ । नेपालमा व्यापार–व्यवसायको वातावरणमा उल्लेख्य सुधार भएको र त्यसका लागि दक्षिण एशियामा नै तेस्रो स्थानमा पुग्न सफल भएको एउटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ ।

विश्व बैंक समूहले आज वासिङटन डिसीमा जारी गरेको ‘डुइङ बिजनेस २०२०’ अध्ययन प्रतिवेदनले नेपालमा व्यवसायको वातावरणमा उल्लेख्य प्रगति भई भारत र भुटानपछि तेस्रो स्थानमा रहेको जनाएको छ ।

उक्त प्रतिवेनअनुसार प्रगति उन्मुख दक्षिण एशियाली मुलुकहरूको सूचीमा श्रीलङ्का चौथो, पाकिस्तान पाचौँ, मालदिभ्स छैटौँ, बङ्गलादेश सातौँ र अफगानिस्तान अन्तिम स्थानमा छन् । नेपालले विद्युतीय दर्ता प्रणाली, भूमि व्यवस्थापन पद्धति, वाणिज्य न्याय प्रणालीलगायत चार क्षेत्रमा उल्लेख्य सुधार गरेको प्रतिवेदनमा जनाइएको छ ।

नेपाल–भारत सीमाक्षेत्र वीरगञ्जमा एकीकृत जाँच चौकी स्थापनासँगै आयात–निर्यातको लागत र समयमा उल्लेख्य सुधार भएको प्रतिवेदनमा उल्लेख छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।