पहिलो नेपाल लोक स्टार बने शनी विश्वकर्मा

काठमाडौं । शनी विश्वकर्मा ‘नेपाल लोक स्टार’को विजेता भएका छन् । फाइनलमा पुगेका रामकुमार नेपाली, विनोद दनुवार र चेतन गोतामेलाई पछि पार्दै शनी मौलिक रियालिटी शो (सांगीतिक प्रतियोगिता) ‘नेपाल लोक स्टार’को विजेता बनेका हुन् । उनले नगद ५० लाख रुपैयाँ पाएका छन् ।

प्रदर्शनीमार्गस्थित भुकुटीमण्डपमा भएको ग्रान्ड फिनालेमा फष्ट रनरअप चेतन गोतामे भए भने सेकेन्ड रनरअप विनोद दनुवार भए । फष्ट रनरअपले २५ लाख र सेकेन्ड रनरअपले १० लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

यसैबीच, लिट्मस इलेक्टीफाइन पफर्मेन्स अफ द सिजनको टाइटल रामकुमार नेपालीले जितेका छन् । उनले यो टाइटलसँगै नगद रु दुई लाख पनि जितेका छन् ।

गत शनिबार दिउँसो १२ बजेबाट आज दिउँसो १२ बजेसम्म चार प्र’तिस्पर्धीलाई स्रोता तथा दर्शकले भोट गर्न पाउने ब्यबस्था मिलाइएको थियो । चार जना प्रतियोगीका लागि ५५ लाख भोट खसेको आयोजकले जनाएको छ ।

उत्कृष्ट २० देखि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकको नम्बरका आधारमा ‘शो’मा प्र’तिस्पर्धीको नि’र्णय हुँदै आएको थियो । ‘नेपाल लोक स्टार’मा जयनन्द लामा, बिबी अनुरागी, रामजी खाँड र सुनिता दुलाल नि’र्णायक थिए ।

रोल्पाका शनी विश्वकर्मा नेपाल लोक स्टारका गोल्डेन स्टार पाएका प्रतिस्पर्धी हुन् । उनले तिरिरी मुरली बज्यो बनैमा, कलकते काइयो, सालको पात टपरी, पिँढीमा बसेर लगायतका गीत गाएर फाइनल सम्म आइपुगेका थिए ।

रोल्पाका शनी नेपाल लोक स्टारमा सहभागी हुन पहिलो पटक काठमाडौं आएका थिए । पारिवारिक पृष्ठभूमी सांगीतिक नभए पनि गीतसंगीतमा लाग्न परिवारको पूर्ण सहयोग रहेकाे उनले बताए ।

उनले एउटा गीत पनि रेकर्ड गराइसकेका छन् । भलै त्यो बजारमा भने आइसकेको छैन । लोकगीतसँगै अरु विधाका गीत पनि गाउन सक्ने उनलाई राजेशपायल राई, राज सिक्देल, शिव परियार र रामजी खाँड मन पर्ने गायक हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।