लक्ष्मी मातालाई खुसी पार्न चढाउनुहोस् यी ५ चीज

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा लक्ष्मी माताको पूजा गरिन्छ । तिहारका पाँच दिनलाई यमपञ्चक भनिन्छ जसमा एक दिन लक्ष्मी पूजा गरिन्छ । धनकी देवी लक्ष्मीलाई घर घरमा भित्र्याउन बाटोदेखिनै पूजाकोठासम्म दियो बाली झिलिमिली पारिन्छ । यो वर्ष लक्ष्मी पुजा र कुकुर तिहार एकै दिन परेको छ । हिन्दू धर्मावलम्वीले दीपावलीको रुपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन् ।

यस वर्ष लक्ष्मी पूजा कार्तिक १० गते आइतबार परेको छ । यो दिन लक्ष्मीपूजाको विधि अनुसार पूजा गर्नाले घरको गरिबी हट्ने घरमा सुख शान्ति छाउने भन्ने विश्वास गरिन्छ । लक्ष्मीमातालाई खुसी बनाउन लक्ष्मी पूजाको दिन यस्ता चीज चढाउनाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

१. लक्ष्मी पूजाको दिन बिहान चाडै उठ्नुहोस । उठिसकेपछि लक्ष्मी मन्दिर गएर राम्रो केहि वस्त्र र गुलाबको फुल चढाउनुहोस् ।

२. लक्ष्मी पूजाको दिन बिहान उखु ल्याउनुहोस् र साझ लक्ष्मीपुजा गर्ने क्रममा चढाउनुहोस् ।

३. लक्ष्मी पूजाको रात लक्ष्मी पुजा गर्दा नौ गोमती चक्र राखनुहोस। पूजा सकिएपछि चक्रलाई आफ्नो दराजमा राख्नुहोस् ।

४. पूजाको साँझमा गरिब व्यक्तिलाई आफ्नो घरमा भोजन र सकेको दान दिनुहोस्। विशेष पूजामा यो उपाय गर्नुहोस ।

५. यस रात पाँच साबुत सुपाडी ,कालो बेसार, पाँच पहेलो कौडी पनि राख्नुहोस् । पूजा पछि सबैलाई लगेर आफ्नो दराजमा राख्नुहोस् ।

यसो गर्दा लक्ष्मी प्रसन्न हुने सो घरमा सदा लक्ष्मीले बास गर्ने विश्वास गरिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।