आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदै

काठमाडौँ, ९ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।
यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ ।

आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पा’पको भागी भइन्छ भन्ने धा’र्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई य’मदूतका रुपमा मानिन्छ । आजैका दिनदेखि यम दीप दान गर्नाले यम या’तनाबाट मु’क्त भइन्छ भन्ने धा’र्मिक विश्वास छ । य’म दीप दान दक्षिण फर्काएर गर्नुपर्ने धा’र्मिक विधि रहेको छ  “तिहारमा काग, कुकुर, गाई, गोवद्र्धन, दाजुभाई र दिदी बहिनीका अतिरिक्त ब’लिराजाको पनि पूजा गर्ने धा’र्मिक विधि छ” ।

ब’लि राजाको पूजाका सम्बन्धमा एउटा किम्बदन्ती पनि प्रचलित रहेको छ । जसअनुसार प्राचीन वैदिक कालमा असुरराज ब’लिले पृथ्वीमा शा’सन गर्थे, उनी दानी राजाका रुपमा कहलिएका थिए । भगवान् विष्णुले वा’मन अवतार धारण गरी बलि राजासँग ब्राह्मणको भेष धारण गरी तीन पाउको स्थान माग गर्दा एक पाउले अन्तरिक्ष, अर्को पाउले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा ब’लि राजाले शिर थापेको र शिरमाथि वा’मन रुप धारी भगवान विष्णुले पाउ राख्दा पातालमा भा’सिएको कथा पुराणमा वर्णन गरिएको छ ।

भगवान् विष्णु ब’लि राजाको दानशीलतादेखि प्रभावित भई वर्षमा पाँच दिन कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शा’सन गर्ने अधिकार दिएको धा’र्मिक विश्वास छ । यस समयमा ब’लि राजाको पूजा गरेमा भगवान् विष्णुले आफू प्रसन्न हुने व’रदान दिएकाले यस पर्वमा ब’लि राजाको पूजा गर्ने गरिएको हो ।

यही मान्यताका कारण आजकाल पनि देउसी भैलो खेल्दा ‘हामी त्यसै आएनौँ ब’ली राजाले पठाए’ भनी भट्याउने गर्छन् । लक्ष्मी पूजाका दिनमा भैलो र गोवद्र्धन पूजाका दिनमा देउसी खेल्ने प्राचीन परम्परा भए पनि आजकाल काग तिहारकै दिनदेखि नै देउसी भैलो खेल्ने प्रचलन बढ्न थालेको छ । भैलो महिलाले र देउसी पुरुषले खेल्ने प्रचलनसमेत अहिले बदलिएको छ । अहिले महिला पुरुष दुवैले देउसी भैलो खेल्न थालेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖