‘सिस्नोपानीले यसरी लगायो सिंखडालाई सिस्नो’ समाचारको चर्चा पछि अन्ततः अध्यक्षले मुख खोले, के भने ?
काठमाडौ । हरेक वर्षजस्तै यसपाली पनि सिस्नोपानी नेपालले देउसी भैलो कार्यक्रम गर्दैछ । तिहारको छेकोमा गर्ने यो हास्यव्यंगात्मक कार्यक्रममा प्रधानमन्त्री सहित देशका राजीतिक व्यक्तित्व र अन्य प्रतिस्थित व्यक्तिहरुको सहभागिता रहन्छ ।
यस विषयमा सिंखडाले माथिको आदेशका कारण तपाईंको प्रस्तुति राख्न सकिएन भन्दै सिस्नुपानीले आफूलाई नबोलाएको बताएका थिए । यस विषयले बजारमा चर्चा पाएपछि सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नामेले मुख खोलेको हुन ।
सरकारका उच्चपदस्थ अधिकारीहरू उनको व्यंग्यबाट रूष्ट बनेको भन्दै यसपटक टिममा सहभागी भए कार्यक्रम हेर्न नआउने जानकारी गराएपछि सिस्नोपानीले उनलाई टिमबाट हटाएको कुरा बाहिर आएको थियो ।

यस्तो कार्यक्रममा प्रस्तुती दिन पाउनु भाग्यकै कुरा हुन्छ । पहिलो दुई वार्षदेखि कविता विधामा आफ्नो प्रस्तुती दिदै आएका शैलेन्द्र सिंखडाले यसपाली प्रस्तुती दिन नपाउने कुरा बाहिर आएपछि उनले यसको विरोध जनाएका थिए ।
२२ वर्षदेखि यस्तो प्रस्तुती दिदै आएको यो प्रस्तुतीमा उनी दुईवर्षदेखि मात्रै जोडिएको र उनी सिस्नोपानी नेपालको सदस्य नभएको कुरा अहिले बाहिर आएको छ । सिस्नोपानी नेपालका अध्यक्ष गाम्नामेले एक विज्ञप्ति नै निकालेर समाचारमा आएका जस्तो सिंखडालाई टिमबाट ननिकालेको बताएका छन् । अध्यक्ष गाम्नामेले कार्यक्रममा कसलाई प्रस्तुती दिन दिने वा नदिने संस्थाको अधिकार भएकोले यस विषयलाई अतिरन्जित तरिकाले प्रचारप्रसार भएको बताएका छन् ।
उनले विज्ञप्तिमा भनेको छन् कवि जस्तो बौद्धिक व्यक्तिले कुनै मञ्चबाट कविता सुनाउन नपाएकै कारण संस्थालाई गाली गर्नु वा भ्रामक प्रचार गर्नु दुखद कुरा हो । सिंखडाजी कसैको दबाबमा सहभागिताबाट बञ्चित गराईएको होईन ।
सिस्नोपानी नेपालले कसैको दबाबामा र प्रभावमा परेरआफ्नो सिद्धान्त र निष्ठाबाट विचलित हुने संस्था होईन । निरंकुश तन्त्रको विरुद्ध समेत लडेर आएको संस्था हो । हामी विकृति, विसंगति विरुद्ध निरन्तर काम गर्न प्रतिवद्ध छौ । हास्यव्यंग्यका नाममा ठाडो गाली गलौज,अ श्लिलता, महिलाहरुमाथि अपमान, जातजाति, धर्म संप्रदायप्रति कटाक्ष गर्ने र समाजमा नकारात्मकता फैलाउने गलत परम्परा विरुद्ध संस्थाले स्थापनाकालदेखि नै काम गर्दै आएको छ ।
यस्तो छ सिस्नुपानी नेपालको प्रेस वक्तव्य

नेपाली सञ्चारमाध्यमहरूमा हास्यव्यङ्ग्य कवि शैलेन्द्र सिंखडालाई “माथिको दवावमा” सिस्नुपानी देउसीबाट निस्कासन गरिएको भन्ने समाचारहरू आएका सन्दर्भमा हाम्रो ध्यानाकर्शष भएको छ । यस सम्वन्धमा हामी जानकारी गराउन चाहन्छौँ, कवि शैलेन्द्रजी सिस्नुपानी नेपालको सदस्य कहिल्यै पनि नरहनुभएको हुँदा उहाँलाई संस्थाले निश्काशन गर्ने भन्ने प्रश्नै हुँदैन ।
सिस्नुपानी नेपालले हास्यव्यङ्ग्यात्मक देउसी आयोजना गर्न थालेको २२ वर्ष भएको र श्री सिंखडा २०७३ र २०७४ सालमा जम्मा दुईपटक मात्र हाम्रो देउसीमा सहभागी हुनुभएको हो । हामीले नेपाल प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने क्रममा प्रज्ञाका तर्फबाट पनि केही कार्यक्रम समावेश गर्ने सहमति भए अनुसार त्यहाँको कर्मचारी भएको हैशियतमा प्रतिष्ठानले नै उहाँलाई प्रज्ञा–सिस्नुपानी देउसीमा सहभागी गराएको हो । प्रज्ञाबाट अवकास भएका कारण गत वर्षदेखि नै उहाँ सिस्नुपानी देउसीमा सहभागी हुनुहुन्न । तर यो वर्ष आएर सिस्नुपानीले देउसीमा सहभागी गराएन भनेर वक्तव्यवाजी गर्नु र काल्पनिक आरोपहरू लगाउनुको कुनै अर्थ छैन । संस्थाले आयोजना गर्ने कार्यक्रममा कसलाई सहभागी गराउने वा नगराउने कुरा संस्थाको अधिकारको कुरा हो ।
कवि जस्तो वौद्धिक व्यक्तिले कुनै मन्चबाट कविता सुनाउन नपाएकै कारण संस्थालाई गाली गर्नु वा भ्रामक प्रचारप्रसार गर्नु दुखद् कुरा हो । सिंखडाजीलाई कसैको दवावमा सभागिताबाट बन्चित गरिएको होइन । सिस्नुपानी नेपाल कसैको दवाव वा प्रभावमा परेर आफ्नो सिद्धान्त र निष्ठाबाट विचलित हुने संस्था होइन । निरंकुशतन्त्रका विरुद्ध समेत लडेर आएको संस्था हो । हामी विकृति– विसंगति विरुद्ध निरन्तर काम गर्न प्रतिवद्ध छौँ । हास्यव्यङ्ग्यका नाममा ठाडो गालीगलौज, अश्लिलता, महिलाहरूप्रति अपमान, जातजाति, धर्म, सम्प्रदायमाथि कटाक्ष गर्ने र समाजमा नकारात्मकता फैलाउने गलत परम्परा विरुद्ध संस्थाले स्थापनाकालदेखि नै काम गर्दै आएको छ । हास्यव्यङ््ग्यलाई सभ्य र शालीन बनाउँदै सामाजिक रुपान्तरणमा योगदान गर्ने हाम्रो अठोट छ । हाम्रा लाखौँ शुभचिन्तक पाठक, दर्शक, श्रोता तथा सन्चारजगतप्रति हामी सदा कृतज्ञ छौँ । धन्यवाद ।
लक्ष्मण गाम्नागे – अध्यक्ष


