‘स’क्किगोनि टिम’ र ‘मिडिया हब’ बिच सहमति
नेपाल टेलिभिजनबाट प्रदर्शन हुँदै आएको हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिम र ‘मिडिया हब’ बिचको वि वाद टु गिंएको छ । आगामी दिनमा दुवै पक्षले विवादित कुरालाई नउठाउने सहमतिमा विवाद टु गिंएको हो । कुमार कट्टेल (जिग्री) ले झगडा टुगिंएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।
उनले फेसबुकमा विवाद टुगिंएको जानकारी दिँदै कलाकार र सर्जकको मिडिया हब प्रा. लि ले एकअर्कालाई सहयोग र सम्मान गर्दै अगाडि बढ्ने उल्लेख गर्दै स्टाटस् पोस्ट गरेका छन् । समझदारीका विषयहरु नखुलाएपनि सक्किगोनिका कलाकार कुमार कट्टेलले आगामी दिनमा दुवै पक्षले यसमा विवाद नगर्ने सहमति भएको जनाए ।
पछिल्ला केही दिन यता मिडिया हब र टेलिसिरियल भद्रगोलबाट छुट्टिएर शृङ्खला सक्किगोनी निर्माण गरेका पाँडे र जिग्रीको टिम बिच विवाद भएको थियो । आफूले जन्माएको पात्र चोरी गरेको आरोपमा मिडिया हबले “सक्किगोनि” लाई प्रहरीकोमा उजुरी हालेको थियो ।

“सक्किगोनि” का कलाकारहरु पछिल्लो केहि समयदेखि हास्य टेलिश्रृंखला “भद्रगोल” बाट छुटिएर “सक्किगोनि” निर्माणमा लागि परेका छन् । दर्शकहरुले आफ्नो रोजाई अनुसार “भद्रगोल” र “सक्किगोनि” दुवै हास्य टेलिसिरियल हेर्न पाउनेछन् ।
यस्तो छ कुमार कट्टेल (जिग्री)को स्ट्याटसः
पछिल्लो समय मिडिया हब प्रा.लि.र “सक्किगोनी”हास्य टेलिसिरियल बिच उत्पन्न विवाद दुबैपक्ष बसि आपसी समजदारीमा टुंगोमा पुर्याईएको छ।हास्य टेलिसिरियल “भद्रगोल” र “सक्किगोनी” यहाँहरुले नियमित रुपमा हेर्न पाउनुहुनेछ।कलाकार र सर्जकको मिडिया हब प्रा.लि.ले पनि सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हब प्रा.लि.को योगदान र सहयोग लाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछौं ।पछिल्लो समयमा उत्पन्न बिबादित विषय यहि टुंगिएको र आगामी दिनमा यो विषय दुबै पक्षले नउठाउने सहमती भएको जानकारी गराउदछौ। प्रत्यक्ष अप्रत्यक्ष रुपमा मिडिया हब प्रा.लि.र सक्किगोनी सिरियल प्रती देखाउनुभएको सहानुभुती,माया,सद्भाब प्रती सम्पुर्णमा कृतज्ञ छौँ ।


