समसामयिक विषयमा व्य’ङ्ग्य गर्दै सिस्नुपानीको देउसी भैलो, महराको का’ण्डलाई लहराको सं’ज्ञा (भिडियो सहित)

काठमाण्डौ । सिस्नुपानी नेपालले समसामयिक विषयमा व्यङ्ग्य गर्दै यस वर्ष पनि देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राजनीतिक दलका प्रमुख नेताहरुको उपस्थितिमा यस वर्ष पनि सिस्नुपानी नेपालले काठमाण्डौको प्रज्ञा भवनमा समसायमिक विषयमा व्यङ्ग्य गर्दै देउसी भैलो कार्यक्रम आयोजना गरेको हो ।

आइतबार साँझ आयोजना गरिएको देउसी भैलो कार्यक्रममा पूर्व सभामुख कृष्णबहादुर महराको काण्डलाई लहराको संज्ञा दिँदै भीआईपी अरु पनि कति महराहरु होलान् भनी व्यङ्ग्य कसिएको छ । त्यसैगरी लाउडा काण्डमा सबै राजनीतिक दलहरुले मिलेर भ्रष्टाचार गरेको पनि दाबी गरिएको छ ।

सिस्नुपानी नेपालको कार्यक्रममा कवि अर्जुन पराजुलीले शहरमा बगली बगलीमा लालपूर्जा राखेर गाउँको नाम जप्ने गरिएको भन्दै कवितामार्फत राजनीतिक दलहरुप्रति व्यक्त गर्नु भएको छ । उहाँले काँधमा हलो भिरेर तन्दुरी जोत्न पाँच तारे होटल जाने गरेको भन्दै राजनीतिक दलका नेताहरुलाई गोरुको रुपमा चित्रण गरेपछि कार्यक्रममा हाँसोको गुन्जायमान भएको थियो ।

यता, हास्य कलाकार मनोज गजुरेलले चिनिया नागरिकबाट हुने तस्करीप्रति संकेत गर्दै जोगीको भेषमा व्यंग्य गर्नु भएको थियो । उहाँले ‘उत्तरी दिशाबाट आउने सुन तस्कर गेट बाँधो, दक्षिणी दिशाबाट आउने काला बजारीको सिन्डिकेट बाँधो’ भनेर व्यङ्ग्य कस्दा कार्यक्रममा हाँसोको फोहोरा छुटेको थियो ।

सिस्नुपानी नेपालले दुई दशकयता समसामयिक विषयहरुमा व्यङ्ग्य गर्दै देउसी भैलो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।