आफ्नो शरीरलाई पूजा गरी नेवार समुदायको म्ह पूजा आज मनाउदै
काठमाडौ,११ कार्तिक । नेवार समुदायले आफ्नो श’रीरलाई पू’जा गरी आज मह : पूजा मनाउदैछन् । नेपाल सम्वत अनुसार प्रत्येक वर्ष कछलात्व पारु अर्थात् कात्तिक शुक्ल प्रतिपदा तिथिमा नेवार समुदायले मह : पूजा अथार्त आफ्नो श’रीरको पू’जा गरी सगुन लिन्छन् । परिवारका मुली महिलाले सवै सदस्यको श’रीरको पूजा गरी हाँस वा कुखुराको फुल सगुन अ’र्पण गर्ने परम्परा छ ।
यो पर्वमा परिवारका प्रत्येक सदस्यलाई पूर्वसम्मुख पारेर एक/एक वटा मण्डल बनाई परिवारका मुलदेखि सबैलाई क्र’मबद्ध रुपमा पूजा गरिन्छ ।
संसारमा सबैभन्दा ठूलो आ’त्मा हो । आ’त्मा सन्तुष्ट भए दे’वता खुसी हुने र सबै काम फ’लिफाप हुनुका साथै जीवन पनि सा’र्थक हुने वि’श्वासका साथ यो पूजा गरिदै आएको धा’मिर्क मान्यता छ । म्ह:पूजामा जमिनबाट उव्जने सबै प्रकारका खाने कुरा प्रयोग गर्ने गरिन्छ ।
स्वा’स्थ्य जी’वनका लागि सबै खाद्यवस्तुको आवश्यकता र उपयोगिता समान हुन्छ भन्ने सन्देशका साथै वर्षभरि नै खान पाईयोस् भन्ने कामनाका साथ ती अन्न पूजामा प्रयोग गर्ने गरिन्छ ।


