गा’ई, गो&रु र कृषक पू’जा गरि आज गो’बर्धन पूजा मनाईंदै
काठमाडौं । य’मपञ्चक अर्थात् तिहारको चौथो दिन आज गा’ई, गो’रु र कृषकको पू’जाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गा’ईलाई प’वित्र मानी पू’जा गर्ने वै’दिक स’नातन कालदेखिको विधि हो । गाईले दिने दू’ध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौ’माता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँ’त र गो’बरका माध्यमबाट मानिसमा श’क्ति दिने भएकाले गाईको म’हत्व छ भनी आधुनिक विज्ञानले पनि प्र’माणित गरेको छ ।
गाईको पू’जा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धा’र्मिक वि’श्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँ’सीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अ’न्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शा’स्त्रीय मा’न्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँ’धिएको रक्षा’बन्धन गा’ईको पु’च्छरमा बाँ’धिदिएमा मृ’त्युपश्चात गाईले स्व’र्ग जानका लागि वै’तरणी नदी ता’रिदिने धा’र्मिक वि’श्वाससमेत रहेको छ । वर्षभर जोतिएर मानव हि’तका लागि सेवा गर्ने गो’रुलाई पनि आज पूजाआजा गरी मीठा–मीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा–मीठा परिकार खुवाइन्छ ।
दुई दिन आत्म (म्हः) पूजा गरिँदै
समितिले आजै नेवार समुदायले गर्दै आएको आत्म (म्हः) पूजा गर्नुपर्ने निर्णय गरेको छ । नेवार समुदायका मानिस भने आ’त्मपूजा आज र भोलि दुई दिन गर्नेमा विभाजित भएका छन् ।
समितिका सदस्य कीर्तिमदन जोशी शास्त्रसम्मत निर्णय अनुसार सोमबार नै आ’त्मपूजा गर्ने बताउनुहुन्छ । विशेषगरी पहाडी जिल्लाका नेवार समुदायले आजै आ’त्मपूजा गरी मङ्गलबार भाइटीका लगाउने तयारी गरेका छन् ।
उपत्यका र बाक्लो नेवारी बस्ती भएका स्थानमा भने नेवार समुदाय म्हःपूजा एवं भाइटीका मनाउन वि’भाजित भएका छन् । सदस्य जोशी भने ध’र्म रा’जनीति भएकाले एकथरि मानिस शा’स्त्रसम्मत पर्व न’मनाउने नि’र्णयमा पुगेको बताउनुहुन्छ ।-केन्द्रबिन्दु/तस्बीर:हाम्रोपात्रो


