सुनिताको तामाङ सेलो गाउन मन लाग्यो सार्वजनिक

काठमाण्डौ । तामाङ नायिका सुनिता लुङबाको` तामाङ सेलो गाउन मन लाग्यो´ गीतको बोलको भिडियोसहित सार्वजनिक गरिएको छ ।

भक्तपुरको सुर्यबिनायकस्थित शुभ कामना पार्टी प्यालेसमा बिहीबार पत्रकार सम्मेलन गरि भिडियो युट्युबाट सार्वजनिक गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि काभ्रे रोशी गाउँपालिका अध्यक्ष डिबि मोक्तानले नायिका लुङ्बाले गायन क्षेत्रमा समेत पाइला चलेकोमा खुशी व्यक्त गरे । अध्यक्ष मोक्तानले झन्डै एक दर्जन तामाङ चलचित्रहरुमा सफल अभिनय गरेर सफल भैसकेकी लुङ्बा गायन क्षेत्रमा सफल हुने बताए ।

तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले अब लुङ्बा नायिका मात्र सिमित नभएको बताए । यसअघि समेत लुङ्बाको आवाजमा रहेको गीत सुनेको छु, लुङ्बाको अभिनयमा भएजस्तै आवाजमा पनि छ, उनी धेरै कुरामा अब्बल छिन्, अध्यक्ष थोकरले भने ।

समारोहमा तामाङ कलाकार संघका अध्यक्ष संजिव वाइबा, तामाङ डजाङका अध्यक्ष फुलकुमार बोम्जन, राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रबिन बल, नायक तथा निर्देशक अमिर दोङ लगायतले मन्तव्य राखेका थिए ।

भक्तपुरको विभिन्न रमणीय स्थलहरुको दृश्यले भरिएको गीतको भिडियोमा छायांकन गरिएको भिडियोमा लुङ्बालाई अभिनयमा सन्दिप स्याङ्तानले साथ दिएको छ । तामाङ नायिका लुङ्बाको आवाजमा रहेको यो दोस्रो गीत हो ।

त्यसैगरी गीतको भिडियोको छायांकनमा सुर्य लामा, निर्देशक प्रतीक ङ्यासुर, ड्रोन क्यामरामा प्रबिन लामा, शब्द संङ्गे ब्लोन, संगीत विश्व दोङको रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖