पूर्व भारतीय क्रिकेटरसँग किन रि’साइन् विराटपत्नी अनुष्का ?

एजेन्सी – बलिउड अभिनेत्री तथा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीकी श्रीमती अनुष्का शर्माले पूर्व भारतीय क्रिकेटर फारुख इन्जिनियरको एउटा अभिव्यक्तिलाई निकै आ’क्रोशपूर्ण रुपमा लिएर जवाफ फर्काएकी थिइन् । फारुखले विश्वकप २०१९ को क्रिकेट टिम चयनकर्तामा अनुष्काको विशेष भूमिका भएको अभिव्यक्ति दिएका थिए ।

यो अभिव्यक्ति आएपछि अनुष्काले ट्विटर र इन्स्टाग्राममा एउटा पोस्ट सेयर गरेकी छिन् । यसमा उनले यो विषयमा र अन्य विषयमा खुलेर लेखेकी छिन् ।

‘म’नगढन्ते खबर तथा फे’क खबरलाई कसरी निस्तेज पार्ने भन्नेमा मेरो राय सधैं के छ भने आफू चुप बस्ने र आ’लोचकलाई बोल्न दिने,’ अनुष्काले लेखेकी छिन्, ‘मैले यही कुरा मनमा राखेर आफ्नो करिअरको ११ वर्ष पूरा गरेकी छु ।’ उनले आफूले चुपचाप लाग्दा आत्मसम्मान र सत्यलाई सधैं बलियो बनाइरहेको पनि बताएकी छिन् ।

‘तर, भनाइ छ नि बारम्बार एउटा झु&ठ दोहोर्याउँदा त्यो साँचो जस्तो हुन्छ, त्यो मेरो हकमा पनि लागू भएको छ,’ उनले लेखेकी छिन्, ‘म त्यति बेला चुपचाप बसेँ जब मेरा पति विराटको खेल मेरा कारणले बि’ग्रिएको समेत भन्न थालिएको थियो ।’ उनले आफ्नो नाम बन्द कोठामा हुने क्रिकेटका बैठकमा समावेश हुने कुरामा जोडिएको पनि रि’स पोखेकी छिन् ।

उनले आफूले सबै प्रोटोकल फलो गर्दा पनि बारम्बार आफ्नो नाम ग’लत तरिकाले लिँदै आइएको भन्दै पनि दु’खेसो पोखेकी छिन् ।

उनले आफू चु’प रहनुलाई कसैले पनि क’मजोरी नसोच्न पनि अनुरोध गरेकी छिन् । उनले लेखेकी छिन्, ‘मैले आज बोल्ने फै’सला गरेँ किनकि कसैलाई पनि नलगोस्, चुप रहनु भनेको उसको क’मजोरी हो ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।