१५ बर्षे बालकले नेपालमै बनाए पानीजहाज, भन्छन- अब नेपालमै बसेर हेलिकप्टर बनाउछु
दमक । सल्यानको मेलघारीका एक १५ वर्षे किशोरले हावाबाट बिजुली बाल्ने ,पानि जहाज लगायत अन्य धेरै सामानहरु बनाएका छन। बिजय राना नाम गरेका यि बालकलाई गाउँलेहरुले बाल बैज्ञानिक भनेर चिन्छन ।
ग’रिब परिवारमा जन्मिएका बिजय अहिले झापाको सुरुंगामा आएका छन् । उनको यो क्षमतालाइ अझ माथि पुराएर यो देशको नाम विश्व सामु चिनाउन सहयोग गर्ने उदेश्यले उनलाई बसन्त थपलियाले आफ्नो घर झापा सुरुंगामा ल्याउनु भएको छ। सानो उमेर देखि नया कुराहरु सिक्ने र बनाउने उनको स्वभाभ रहेछ । स्थानीय, गाउँले र नगरपालिकाले साथ दिएको छ ।
उनले हावाबाट बिजुली बाल्ने मेसिन , पानि जहाज , रो’वट लगायत अन्य सामान बनाएका छन् भने अब र’केट र हे’लिकप्टर बनाउने योजनामा छन् ।


