यसरी बिस्तारै ह’ट्दैछ पा’सवर्ड !

एजेन्सी । गत अप्रिलमा मात्र फेसबुकले करोडौँ इन्स्टाग्राम प्रयोगकर्ताका पासवर्ड खुलस्त रुपमा उनीहरुको सिस्टममा स्टोर गरि राखिएको स्वीकार गरेको थियो भने अघिल्लो वर्ष नै ‘कोरा’ साइट ह्याक भएपछि १ करोड प्रयोगकर्ताका नाम र इमेल अड्रेस लिक भएको थियो । त्यस्तै याहुले केही समय अगाडि मात्र आफूले ३ अर्ब प्रयोगकर्ताका गोप्य जानकारी गुमाएका सम्बन्धी कानुनी मुद्दा सुल्झाएको हो । यहीकारण माइक्रोसफ्टले गतवर्ष ‘पासवर्ड’ प्रणाली अन्त्य गर्दै बायोमेट्रिक्समार्फत् विशेष ‘सेक्योरिटी कि’ को प्रयोग गर्ने निर्णय गरेको हो ।

आइटी रिसर्च फर्म गार्टनरका अनुसार अब २०२२ सम्ममा विश्वका ६० प्रतिशत ठूला व्यवसाय र अधिकांश मध्यम स्तरका कम्पनीले समेत पासवर्डप्रतिको निर्भरता पूर्ण रुपमा अन्त्य गरिसक्नेछन् । बायोमेट्रिक प्रमाणप्राप्त सेवा प्रदान गर्दै आएको मेरिडियमका प्रमुख अधिकारी जेसन टुली भन्छन्, “हमलाकारीहरुका लागि पासवर्ड सबैभन्दा सजिलो लक्ष्य हो । किनकि मानिसहरुले सम्झन सजिलो हुने खालको पासवर्ड प्रयोग गर्ने गर्छन् जसकारण ह्याक गर्न पनि गाह«ो हुँदैन ।” त्यसैले पासवर्ड हटाउनुले सुरक्षामा सुधार ल्याउनुका साथै आइटी विभागको मूल्यवान समय र पैसा पनि धेरै जोगिने बताइएको छ । किनकि बिर्सिएको पासवर्ड रिसेट गर्न मात्र कम्पनीहरुले अनगिन्ती समय र रकम खर्चिनु पर्दछ । टुली भन्छन्, “प्रत्येक वर्ष प्रति कामदार २०० डलर भन्दा धेरै पासवर्ड सम्बन्धी समस्यामा खर्च हुने गरेको छ जसमा उत्पादकत्व क्षमता त अझ जोडिएकै छैन । ठूलो संस्थामा यही खर्च अत्याधिक धेरै हुन जान्छ ।”

डाटा सुरक्षित राख्न डिजाइन गरिएको शक्तिशाली एनक्रीप्सन प्रणालीयुत्तः कम्पनी, पोस्ट–क्वान्टमका व्यवसायिक अध्यक्ष फिलिप ब्ल्याकले पनि पासवर्ड प्रणाली धेरै कमजोर बिन्दुमा पुगिसकेकाबारे सहमति जनाएका हुन् । उनी भन्छन्, “हामीले कति धेरै कुराको पासवर्ड बनाउनु पर्ने र व्यवस्थित गर्नु परिरहेको हुन्छ । त्यो व्यवहारिक रुपमा धेरैका लागि सम्भव नहुन सक्छ । यसैकारण मानिसहरु प्राय सबै कुराको एउटै पासवर्ड राख्छन् जसले उनीहरुलाई संवेदनशील बनाइदिन्छ ।”

यसअघि युरोपेली युनियनमा प्रस्ताव गरिएको नयाँ कानुनले यो समस्याको समाधान गर्न सक्ने बताइएको छ । यसमा अपडेट गरिएको भुक्तान सेवा, पीएसडी२ मा ग्राहकको परिचय प्रमाणीकरण गर्न कम्तीमा पनि दुईवटा कारक आवश्यक पर्नेछ । यसमा ग्राहकले बैंक कार्डको पिन पनि प्रयोग गर्न सक्नेछन् तर त्यसमा बायोमेट्रिक्स हुनेछ । यसरी अहिले एसएमएसबाट पठाइने कोड, टोकन वा पासवर्ड पठाउने सिस्टमलाई पनि बायोमेट्रिक्सले प्रतिस्थापन गर्ने क्रम बढेको छ । २०१९ केपीएमजी इन्टरनेस्नल ग्लोबल ब्याङ्किङ फ्रड सर्भेका अनुसार अहिलेका ६७ प्रतिशत बैंकहरुले ‘फिजिकल बायोम्याट्रिक्स’ जस्तै फिङ्गरप्रिन्ट, आवाजको प्याटर्न र अनुहार पहिचान प्रणालीमा लगानी गरिरहेका छन् ।

यसै वर्ष नेटवेस्टले डेबिट कार्डमै फिङ्गरप्रिन्ट स्क्यानर निर्माण गरेको हो । यसरी बायोमेट्रिक्सले ग्राहकहरुलाई सहज अनुभव गराउँछ तर यसको प्रयोगका निम्ति विशेष उपकरण आवश्यक पर्दछ । अहिले लेटेस्ट स्मार्टफोनसँगै प्रायः हामी सबैले आवश्यक हार्डवेयर गोजीमै बोकेर हिँडिरहेका हुन्छौँ । यस्तोमा मोबाइल फोनकै मार्फत फिङ्गरप्रिन्ट स्क्यान गर्नेदेखि सबै बायोमेट्रिक्स प्रणाली छिटो र सहज रुपमा प्रयोग गर्न सकिन्छ ।

तर हाम्रो व्यक्तिगत जानकारी र पासवर्ड जोखिममा भएजस्तै बायोमेट्रिक जानकारी पनि संवे’दनशील हुन्छ र चोरी हुन सक्छ । जस्तै गत महिना चिनियाँ अनुसन्धानकर्ताहरुले एक साइबर सुरक्षा सम्बन्धी कन्फरेन्समा केही मिटर टाढाबाट लिइएको फोटोमार्फत व्यक्तिको फिङ्गरप्रिन्ट हासिल गर्न सकिने देखाएको हो । यस्तोमा आइटी अधिकारीहरुलाई पासवर्ड रिसेट गर्न त कठिन हुन्छ भने फिङ्गरप्रिन्ट बदल्न झन कति जटिल होला ? त्यसैले कम्पनीहरुले उपभोक्ताको पहिचान प्रमाणीकरण गर्न एउटा मात्र नभएर विभिन्न पक्षका जानकारीलाई समावेश गरिरहेका छन् ।-बीबीसी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।