पेट्रो’लियम अ’न्वेषणको तयारी अ’न्तिम च’रणमा
काठमाडौं, कार्तिक १८ । दैलेख जिल्लाको पञ्चकोसी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि क्याम्प बनाउने काम धमाधम चालु छ।
डुंगेश्वर गाउँपालिका-१, चुप्रास्थित वडा कार्यालयछेउमै चिनियाँ टोलीले प्राविधिक र कामदार बस्ने क्याम्प बनाएको हो।
एक हप्तामै शौचालय, खानेपानीका धारा बनाएका उनीहरूले महिना दिनभित्रै बस्ने टेन्ट पनि हाले। वरपर सुरक्षाका लागि घेरबार लगाउने लगायत काम चलिरहेको खबर आजको नागरिक दैनिकमा दैलेखबाट गोविन्द केसीले लेखेका छन्।
चिनियाँ विशेषज्ञ टोली दसैंलगत्तै दैलेख आएको थियो। टोलीका सदस्यहरू सदरमुकामको होटलमा बस्छन्। विहानै साइटमा निस्कन्छन्। ‘होटलमै ब्रेकफास्ट गरेर विशेषज्ञ टोली फिल्ड जान्छ,’ टोलीका एक सदस्यले भने, ‘राति अबेरमात्र फिल्डबाट होटल फर्कन्छन्।’
क्याम्पमा नेपाली तथा चिनियाँ प्राविधिक र कामदार बस्ने व्यवस्थापन पक्षले जनाएको छ।
अन्वेषणमा सहभागी कामदार र प्राविधिकका लागि टेन्ट र शौचालय, खाने–बस्ने ठाउँ बनाउने काम अन्तिम चरणमा पुगेकोे अन्वेषणको व्यवस्थापन गरिरहेको बिजिपी नेपालका कार्यक्रम संयोजक सूर्यमणि लामिछानेले बताए। ‘अहिले व्यवस्थापनको काम भइरहेको छ।’ लामिछानेले भने, ‘ड्रिल गर्ने लगायत काम हप्ता दिनमा सुरु हुनेछ।’
दुई स्थानमा अन्वेषणका लागि आउने टोली बस्ने गरी व्यवस्थापन मिलाएको उनले बताए। दैलेखको दुल्लु नगरपालिकाको हस्पिटलनजिकको चौर र डुंगेश्वर गाउँपालिकाको चुप्रामा क्याम्प राखिएको हो।
अहिले दुवै ठाउँमा आवास निर्माण कार्य दु्रत गतिमा चलिरहेको छ। चुप्रामा १२ वटा टेन्ट राखिएको छ। आवश्यकता अनुसार टेन्ट थप्ने योजना छ।


