अव गोर्खा सैनिक भर्ति ब’न्द गर्नुपर्छ : माधव नेपाल

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल ब्रिटिश सेनामा नेपाली नागरिकलाई भर्ना लिने कामको वि’पक्षमा उभिएका छन् । पूर्व प्रधान मन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले कुनै पनि मुलुकको दा’सको रुपमा सेनामा भर्ना हुने कुरा नेपाललाई मान्य नहुने चे’तावनी पनि दिए।

गोर्खा भूतपूर्व सैनिकहरुको राष्ट्रिय गोष्ठीलाई सोमबार काठमाडौंमा उद्घाटन गर्दै उनले भूतपूर्व गोर्खा सैनिकहरुले विगतमा भोग्दै आएका वि’भेदको अ’न्त्य हुने गरी ब्रिटिश सरकारसँग वार्तामा बस्न पनि नेपाल सरकारको ध्यानाकर्षण गराए । संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिका सदस्य समेत रहेका नेता नेपालले भूतपूर्व गोर्खा सैनिकहरुले ब्रिटिश सरकारबाट भोग्दै आएका वि’भेदकारी नीतिको अ’न्त्य गर्न सम्बन्धित सबै पक्षले एकतावद्ध भएर मुकाविला गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

पूर्व प्रधानमन्त्री एवम् नेकपाकै अर्का वरिष्ठ नेता झलनाथ खनालले भूतपूर्व गोर्खा सैनिकहरु माथि हुँदै आएको विभेद अन्त्य हुनेगरी ब्रिटिश सरकार सँग निर्णायक वार्ता गर्न सरकारसँग माग गरे। उनले मुलुक शान्ति र समृद्धिको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै अव सरकारले कुनै पनि नागरिकलाई सम्मानजनक ढंगले राष्ट्र भित्रै रोजगारीको अवसर सृजना गर्नुपर्ने पनि बताए।

कार्यक्रममा बोल्दै मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष खिलराज रेग्मीले मानव अधिकार र का’नुनी दुवै दृष्टिले भूतपूर्व गोर्खा सैनिकहरु माथि गरिएको वि’भेदपूर्ण व्यवहार अ’न्त्य हुने गरी ब्रिटिश सरकारसँग वार्ता गर्न सरकारको ग’म्भिर ध्या’नाकर्षण गराए । नेपालले ब्रिटिश सरकारसँग कूटनीतिक पहल गरी भूतपूर्व गोर्खा सैनिकहरुको सम’स्या समाधान गर्नुपर्ने उनको भनाई थियो।

कार्यक्रममा भूतपूर्व गोर्खा सैनिकका नेताहरुले पेन्सन दिने कुरामा समेत ब्रिटिश सरकारले आफूहरु माथि वि’भेद गर्ने गरेको उल्लेख गर्दै ती स’मस्या स’माधानका लागि पहल गरी दिन नेपाल सरकार र यहाँका राजनीतिक पार्टीहरुको ग’म्भिर ध्या’नाकर्षण गराएका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।