राष्ट्र बैंकका डे’पुटी ग’भर्नर श्रेष्ठ नि’लम्बनमा
काठमाडौं, कार्तिक १९ । भ्र’ष्टाचार तथा सम्पत्ति शु’द्धीक’रणसम्बन्धी विषयको छा’नबिनमा परेका नेपाल राष्ट्र बैंकका डे’पुटी गभ’र्नर शिवराज श्रेष्ठ नि’लम्बनमा परेका छन्।
सोमबार बिहान राष्ट्र बैंकको सञ्चालक समितिले उनीमाथि छा’नबिन गर्न तीन सदस्यीय समिति गठन गरेसँगै उनी नि’लम्बनमा परेका खबर आजको नयाँ पत्रकिा दैनिकमा जनार्दन बराल र विजयराज खनालले लेखेका छन्।
श्रेष्ठमाथि छा’नबिन गरी का’रबाहीको सि’फारिस गर्न मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई नि’र्देशन दिएको थियो ।
सोमबार बिहान ७ बजे बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले श्रेष्ठमाथि छा’नबिन गर्न सञ्चालक प्रा।डा। श्रीराम पौडेलको संयोजकत्वमा तीन सदस्यीय छा’नबिन समिति गठन गरेको थियो । समितिको सदस्यहरूमा सञ्चालकहरू रामजी रेग्मी र डा. सुबोधकुमार कर्ण छन् ।
सोमबार दिउँसो नै समितिको पहिलो बैठक बसेको थियो । बैठकले डेपुटी गभर्नर श्रेष्ठमाथि अ’नुसन्धान गर्नुपर्ने विषयबारे स्पष्ट जानकारी गराउन सम्पत्ति शु’द्धीकरण अ’नुसन्धान विभागलाई पत्राचार गर्ने निर्णय छ।
श्रेष्ठमाथि वैदेशिक भ्रमणमा जाँदा फ’र्जी कागजात तयार गरी आफूले पाउनेभन्दा बढी सुविधा लिएर राष्ट्र बैंकलाई हा’नि–नो’क्सानी पुर्याएको आ’रोपसमेत छ।
राष्ट्र बैंकको आन्तरिक ले’खाप’रीक्षणले समेत उनले विदेश भम्रणको क्रममा बिजनेस क्लासको न’क्कली टिकट पेस गरी भु’क्तानी लिने गरेको, होटेलको पनि फ@र्जी कागज पेस गरी रकम लिएको प्रतिवेदन दिएको थियो।


