भारतले नेपालको सा’र्वभौमिकता र अ’खण्डतामाथि ठा’डो ह’स्तक्षेप गर्याे : साझा पार्टी

काठमाडौं, २१ कात्तिक । साझा पार्टीले नेपालको भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भू–भाग दाबी गरेकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।

पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकारको यो कदम अन्तरराष्ट्रिय कानूनको विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप हो ।’

नेपालका दर्जनौँ ठाउँमा भारतबाट भएको सीमा अतिक्रमणको निरन्तररुपमा विरोध गर्दै आएको जनाउँदै उक्त पार्टीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भ–ूभाग रहेको स्पष्ट पार्न र जारी नक्सा सच्याउन सरकारसँग आग्रह गरेको छ ।

मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार र सबै राजनीतिक दल एकै ठाउँमा उभिनुपर्नेमा साझाले जोड दिएको छ ।-न्यूज२४नेपाल

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।