आज क्षी’रसा’गरमा वि’ष्णु ब्युँ’झने दिन अर्थात् ह’रिबोधनी ए’कादशी : तु’लसीको वि’वाह गरी मनाइँदै
काठमाण्डौ,२२ कात्तिक– आज ह’रिबोधनी एकादशी, भ’गवान विष्णुको पू’जा, आराधना, भ’जन की’र्तन र ब्र’त बसी मनाइँदैछ ।
ब्रता’लुले आज पिँ’डालु, स’क्खरखण्ड, बदामलगायत जमिनमुनि फलेका खाने कुरा खाने गर्दछन् । असार शुक्ल एकादशीमा शीर समुद्रमा शयन गरेका भगवान विष्णु भाद्र शुक्ल एकादशीमा कोल्टो फेरि आजको दिन बिउँझन्छन् भन्ने धा’र्मिक जनविश्वास रहिआएको छ ।
काठमाण्डुका इंचगु, विशंखु, शेषनारायण, चाँगुनारायण लगायतका विष्णु मन्दिरहरुको बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज बराह क्षेत्रमा विशेष मेला लाग्ने गरेको छ । हरिबोधनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि छ ।
असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहका रुपमा पनि लिने गरिएको छ । आजका दिन तुलसीको मोठ सिँगारी फूलमाला लगाइदिएर विवाह गरिदिने चलन छ ।


