उर्लाबारीकी मेचुलाई जिताउन अभियान

उर्लाबारी । चर्चित गायन प्रतियोगिता द भ्वाईस अफ नेपाल सिजन दुईको उत्कृष्ठ १२ मा पर्न सफल मोरङ, उर्लाबारी–२ की मेचु धिमाललाई जिताउन अभियान सञ्चालन गरिएको छ ।

मेचु पुर्वकै प्रतिभा भएकोले उनलाई जिताउन यस क्षेत्रका सबै एक जुट भएका छन् । मेचुलाई जिताउन उर्लाबारीका समाजसेवी सर्वजित भण्डारीको अध्यक्षतामा १६ सदस्यीय मेचु धिमाल जिताउ अभियान समित गठन गरिएको छ । सो समितिले शनिबार उर्लाबारीस्थित सञ्चार क्लब नेपालको कार्यालयमा पत्रकार सम्मेलन गरी मेचुलाई जिताउन सबैले सहयोग गर्नुपर्ने बताएको छ ।

क्लबका अध्यक्ष भण्डारीले मेचु पूर्वकै प्रतिभा भएकोले सहयोग गर्न सबैसँग अनुरोध गरेका छन् । समितिका सचिव मात्रिका धिमालले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुले मुेचुको गायन प्रतिभाको प्रशंसा गर्दै उनलाई जिताउन सबैसँग अपिल गरेका छन् ।

पत्रकार सम्मेलनमा मेचुका बुबा सन्तुलाल धिमाल र आमा गिताकुमारी धिमालले आफ्नी छोरी मेचुलाई जिताउन सहयोगका लागि अपिल गरेका छन् । २५ वर्षिया मेचुले व्यवस्थापन संकायमा स्नातक तह उत्तीर्ण गरेकी छन् । मेचु काठमाण्डौमा रहेर संगीत प्रशिक्षण लिइरहेको उनका अभिभावकले बताएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।