टिकटकले पनि ल्यायो पावरफुल स्मार्टफोन, यस्तो छ टिकटक फोनको विशेषता – हेर्नुस् भिडियो सहित

एजेन्सी । टिकटकको मुख्य निर्माता बाइटडान्सले पहिलो स्मार्टफोनका रूपमा जिंगुओ प्रो ३ बजारमा उतारेको छ । उक्त मोबाइल स्मार्टिसन ब्रान्डमा उपलब्ध गराइएको छ । चाइनिज फोन निर्माता कम्पनी स्मार्टिसन ब्रान्डको प्याटेन्ट तथा ट्यालेन्टलाई टिकटकले किनेको समाचार आएको करिब एक वर्षपश्चात टिकटकले स्मार्टफोन बजारमा ल्याएको हो ।

प्रयोगकर्ताहरूले यो स्मार्टफोनको लक स्क्रिन स्वाइप गर्दा चाइनिज भर्सनको टिकटक ‘डोउइन’ चलाउन सक्नेछन् । त्यसैगरी कुनै पनि अवधिको भिडियोमा टिकटक इफेक्ट तथा फिल्टर प्रयोग गर्न सकिनेछ ।

यसमा क्वालकम स्न्यापड्रागन ८५५ प्लस चिपसेट, १२ जीबीसम्मको र्‍याम, २ सय ५६ जीबी स्टोरेज तथा चारवटा क्यामेरा छन् । हाल चीनमा मात्र उपलब्ध यो स्मार्टफोनको अन्तर्राष्ट्रिय बजार मूल्य २ हजार ८ सय ९९ युआन अर्थात करिब ४ सय १२ डलर तोकिएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।