हरेक नागरिक बिना बर्दीको सिपाही, मातृभूमिको सु’रक्षा गर्नु हामी सबैको पहिलो कर्तब्य : जिग्री

काठमाडौं । नेपाली सीमा अति’क्र’मण गरी भारतले आफ्नो नयाँ नक्सा बनाएपछी अहिले देशभर यसको बिरोध भइरहेको छ ।

नेपाली भूभाग लिम्पियाधुरादेखि लिपुलेकसम्मलाई भारतले समेटेर नक्सा बनाएपछी नेपाली नागरिकले विरोध गर्दै नक्सा सच्याउन माग गरेका छन् । यसैक्रममा धेरै कलाकार तथा सामाजिक अभियन्ताहरुले पनि फेसबुकमा आफ्ना बिचारहरु राखेका छन् ।

यस्तै चर्चित हास्य कलाकार कुमार कट्टेल जिग्रीले आफ्नो फेसबुकमा मातृभूमिको सुरक्षा गर्नु पहिलो कर्तव्य हो भन्दै एक तस्बिर शेयर गरी स्टाटस लेखेका छन् । तस्बिरमा उनी नेपाल भारत सीमा स्तम्भमा ह’तियारसहित उभिएका छन् । नेपाल भारत सीमा स्तम्भमा ह तियारसहित उभिएर खिचेको उक्त तस्बिर शेयर गर्दै उनले लेखेका छन् हरेक नागरिक बिना बर्दी को सिपाही हौ र यो मातृभूमि को सुरक्षा गर्नु हामी सबै को पहिलो कर्तब्य हो जय नेपाल

हाँस्य टेलिशृंखला सक्किगोनी

मिडिया हवकै प्रस्तुतिमा नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारका साथ ‘भद्रगोल’ प्रसारणमा आयो तर नयाँ ‘भद्रगोल’लाई दर्शकले मन पराएनन् र पहिलाकै टीम ‘भद्रगोल’मा आउन पर्यो भन्दै दर्शकले माग राखेपछि पुराना ‘भद्रगोल’का टीमले नयाँ हाँस्य टेलिशृंखला ल्याएका हुन् ।

यसअघि भद्रगोललाई दिपक आर्चायले निर्देशन गरेका थिए भने सक्किगोनी पनि दिपक आर्चायले नै निर्देशन गर्नेछन्। टेलिशृंखलामा पहिलाकै भद्रगोलका कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), गोविन्द कोइराला (जइन्ते), हरि निरौला (क्रकोज), सागर लम्साल (बले), रक्षा श्रेष्ठ, दिपक आर्चाय, शंकर आर्चाय, लगायत कलाकारको अभिनय रहने छ ।

यस्तै भद्रगोलका सुरुवातका इपिसोडमा देखिएका कलाकारहरुपनि अबको नयाँ शृंखलामा देखिने भएका छन् । शंकर आचार्य ‘वरिष्ठे’ र चिरञ्जिवी पुडासैनी ‘धतुरे’लाई पनि ‘सक्किगोनी’मा देखिने भएको छ। यसअघि यी दुईकलाकार भद्रगोलको केहि इपिसोडमा काम गरेपछि आन्तरिक कुरा नमिल्दा टिमभन्दा बाहिर काम गर्दै आएका थिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।