मेचु धि मालले ग रिन् भ्वा इस अ फ नेपालको ट प ८ मा पु¥ याउन य सरी अ पिल

धनकुटा  । मोरङको उर्लाबारीकी चेली मेचु धिमाल द भ्वाइस अफ नेपालको टप ९ मा परेकी छिन् ।

शुक्रबार प्रसारित भ्वाइस अफ नेपालमा उत्कृष्ट गीत प्रस्तुत गरेकी मेचु टप ९ मा पर्दा अन्जु राना मगरले स्टेज छोड्नु परेको थियो । भोली मेचुसहित बलबहादुर राजवंशी र राम लिम्बूमध्ये एकले स्टेज छोड्ने छन् । तीन मध्ये बलबहादुरको भोट सर्वाधिक ल्याएका थिए भने रामले पनि राम्रै भोट पाएका थिए । तीन जनामध्ये आज पनि मेचुले क मभोट पाएकी थिइन् ।

धिमालले सबै सहयोगीरुलाई धन्यवाद दिंदै शनिबारको एपिसोडको लागि पुन: आफुलाई भोटको लागि सामाजिक संजाल फेसबुक मार्फत अपिल गरेकी छन् !

हेर्नुहोस् जस्ताको तस्तै :

हजुरहरु सबैमा नमस्कार सेउपाखा
रात्रिकालिन अभिवादन

सदा झै यस पटक पनि तपाईहरुको अमुल्य मतले टप ९ मा पुग्न सफल भएकोमा सव्रप्रथम त हजुरहरुलाई हृदय देखी नै धन्यवाद तथा आभार प्रकट गर्दैछु । आफ्नो बलबुता र क्षमताले भ्याएसम्म मेहेनत गरेर उत्कृष्ठ प्रस्तुति दिने क्रम जारी नै छ मेरो । त्यसमा पनि तपाईहरुको साथ माया र स्नेह भुल्न नसक्ने छ । हुन म अहिले के नै पो दिन र सक्छु र धन्यवाद शिवाय । यस्तै साथ सहयोग मिले एकदिन नेपाली साँगीतिक क्षेत्रलाई उज्जवल बनाउदै आफु आफ्नो ठाउँ गाउाको नाम राख्न सक्नेछु भन्ने विश्वास ममा भरिएको छ तपाईहरु आदरणियले गर्दा ।

तपाईहरुको मतको अगाडी मेरो धन्यवाद पनि सानो हुन सक्छ तर पनि आफ्नै छोरी चेली दिदी बहिनी सम्झेर यस्तै यस्तै अझ धेरै माया गरिदिनुहोला । आजको प्रस्तुति कस्तो मैले सुधार गर्नुपर्ने पक्ष के छन् । त्यो पनि औल्याईदिनुहोला । किनकी मेरो लागि हजुरहरुको सुझाप मार्गदर्शकन हुनेछ । भोलि टप ८ को लागि स्पर्धा रहेकोले अझै धेरै मत गरिदिनुला मेरो विशेष आग्रह छ ।

अन्त्यमा फेरि पनि भन्न चाहान्छु,
नेपाली हामी रहौला काँहा नेपालै नरहे
उचाँई हाम्रो चुलिन्छ काँहा हिमालै नरहे

मेचुलाई भ्वाइस अफ नेपालको स्टेजमा फेरी पनि देख्न चाहनुहुन्छ भने भोट अत्याधिक गर्नुहोस् । नेपालबाट म्यासेज वक्समा गएर ०६ टाइप गरी ३७००० मा पठाउनु होला ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖