रेडियो कान्तिपुर नेशनल म्युजिक अ वार्ड मंसिर २७मा हुँदै

काठमाडौं : रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड यही मंसिर २७मा हुने भएको छ । अवार्डका बारेमा जानकारी गराउने उद्देश्यले आज राजधानीको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा अवार्डको मिति सार्वजनिक गरिएको हो ।

रेडियो कान्तिपुरले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा यो अवार्डको आयोजना गर्दैछ । यो वर्ष नेशनल म्युजिक अवार्डको नाम डिस होम प्रेजेन्ट्स गर्दछ रेडियो कान्तिपुर नेशन म्युजिक अवार्ड पावर्ड बाई सानिमा बैङ्क इन एशोसियसन विथ बाबा सनफ्लावर आयल रहेको रेडियो कान्तिपुरका स्टेशन म्यानेजर दिनेश डिसीले जानकारी गराए ।

कार्यक्रममा डिसहोमका डिजीएम सञ्जय राजभण्डारी र सानिमा बैङ्कका चिफ डिपोजिट अफिसर बोबी सिंह गडतौलाले आफूहरुले कान्तिपुर नेशनल म्युजिक अवार्डसँग सहकार्य गरेको बताउँदै यो अवार्डले गीत सङ्गीतका स्रष्टाहरुलाई अझ हौसाला प्रदान गर्ने बताए ।

अवार्ड प्रदान गरिने विधाहरुमा उत्कृष्ट नवगायक/गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट सङ्गीत निर्देशक, उत्कृष्ट लोकदोहरी गायक/गायिका, उत्कृष्ट साङ्गीतिक समूह तथा उत्कृष्ट आधुनिक गायक/गायिका रहेका छन् । त्यस्तै गीत सङ्गीतका क्षेत्रमा लामो समयदेखि सेवा पुर्याउँदै आएका एकजना मुर्धन्य सङ्गीतसाधकलाई लाईफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

लाईफ टाइम एचिभमेन्ट अवार्डको पुरस्कारको राशि एकलाख रुपैयाँ समेतको रहेको छ । त्यस्तै पिपल्स च्वाइस् अवार्डको चयन स्रोताको सहभागिता गरिने र अवार्ड कार्यक्रममा सङ्गीतका १५ विधा र लाइफ टाइम एचिभमेन्टसँगै उत्कृष्ट तीन विज्ञापन एजेन्सीलाई पनि पुरस्कृत गरिने डिसीले जानकारी गराए ।

डिसीका अनुसार वर्षभर प्रसारण भएका गीतहरुबाट विभिन्न विधा अन्तर्गत उत्कृष्ट मध्ये पाँच जनाको मनोनयन छान्न बरिष्ठ गीतकार चुडामणि देवकोटा, गायिका कुन्ती मोक्तान र सङ्गीतकार सुरेश अधिकारीको जुरी निर्माण गरिएको थियो ।

अवार्ड कार्यक्रमको सेलिब्रेसन पार्टनरहरुमा सिटी एक्सप्रेस मनी ट्रान्सफर, आईएमई लाइफ इन्सुरेन्स, कनेक्ट आईपीएस ई-पेमेन्ट सिस्टम, गुडलाईफ बिस्कुट, टु पीएम नुडल्स, प्योरेक्स लन्ड्री सोप, केएनपी पेन्ट्स र जेजे ज्वेलर्स् रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।