आज बाला चतुर्दशी अर्थात सतबिज छर्ने दिन, देशभरका शिवालयहरुमा सत्बीज छरि बालाचतुर्दशी पर्व मनाईंदै

काठमाडौ , ९ मंसिर । आज बाला चतुर्दशी अर्थात सतबिज छर्ने दिन , काठमाडौंको पशुपतिनाथ क्षेत्रको श्लेषमान्तक वनसहित देशभरका शिवालयहरुमा सत्बीज छरी आज बालाचतुर्दशी पर्व मनाईंदैछ । सत्बीज छर्न पवित्र पाशुपत क्षेत्रमा भक्तजनको भीड लागेको छ ।

हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहानदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मूला, ज्यामिर, सखरखण्ड, पिंडालु र हलेदो छर्दै पशुपति क्षेत्रमा देवीदेवताका मन्दिर परिक्रमा गर्ने गरिन्छ ।

बालाचतुर्दशीमा मृगस्थली वा श्लेष्मान्तक वनमा छरेको शतबीज दिवंगत भएकाहरुका लागि बाली रोपिएको भन्ने लोककथन पनि छ ।

शतबीजबाट उम्रने अन्न दिवंगतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ ।बालाचतुर्दशीमा एक गेडा शतबीज छरे पनि एक टुक्रा सुन दान गरेजति पूण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।