३७ वर्षे वैवाहिक यात्रा राजाराम पौडेलले यसरी सम्झिए – हेर्नुहोस् भिडियो
काठमाडौ । सदाबाहार कलाकार राजाराम पौडेल र उनकी श्रीमती ईश्वरी पौडेलको ३७ वर्षे वैवाहिक यात्राको सफलताको खुशी साट्दै क्यानाडा नेपाल परिवारसंग आफ्नो माया प्रेमको कथा सुनाएका छन् ।
क्यानाडा नेपाल परिवार राजाराम पौडेलको घर पुग्दा श्रीमान श्रीमतीले आफ्नो ३७ वर्ष अघिको विवाहको रोचक घटनाहरु स्मरण गर्दै सुनाए । २०४० साल माघ महिनामा विवाह बन्धनमा बाधिएका जोडी अब ३७ वर्षे वर्षगांठ मनाउदै छन् । पूर्णता मागी विवाह गरेका राजारामले २६ वर्ष हुँदा विवाह गरेका हुन् ।

राजारामको फुपूको दिदीबाट कुरा आएपछि सुटुक्क केटी हेर्न गएको र मन पराएको कुरा स्मरण गर्दै भने: “केटीको कुरा आएपछि सुटुक्क हेर्न गएको थिए । म उनको अफिस गएर हेरेको थिए र उनले एकहप्ता पछि मात्र थाहा पाएको थिईन । मैले हेर्ने बित्तिकै मन पराएको थिए ।”
विवाह भएको ३७ वर्ष पुग्न लाग्यो तर अहिले सम्म एक अर्काको झ गडा नपरेको कुरा पनि सुनाए । “हाम्रो माया प्रेम मात्र नभएर एकअर्का समझदार छौ जसले गर्दा हामी बीच कहिले पनि त त र म म परेन र अब त झन् पर्दैन पनि । एक अर्कालाई बुझ्नुपर्छ जसले गर्दा झ गडा भन्ने हुदैन रहेछ ।”


