किसानलाई कृषि यन्त्रसहित आधुनिकिकरणमा लैजानु पर्छ : मेयर तामाङ

किसानहरुलाई प्लाष्टिक टनेल वितरण

धनकुटा । धनकुटाको कागतेमा जलवायु परिवर्तन अनुकुलन नमुना गाउँ कार्यक्रम अन्तर्गत किसानहरुलाई प्लाष्टिक टनेल वितरण गरिएको छ । पर्डेप नेपाल धनकुटाको आयोजना तथा धनकुटा नगरपालिका र युएनडिपीको आर्थिक सहयोगमा कागतेको मार्गा पात्ले टोलबस्ती संगठनका ४० परिवारलाई प्लाष्टिक टनेल वितरण हो ।

मार्गा पात्ले टोलबस्ती संगठनका अध्यक्ष मिन बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, वडा नं. ३ का वडाअध्यक्ष विकास घिमिरे लगायतले प्लाष्टिक टनेल वितरण गरेका हुन ।

कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले किसानहरुलाई कृषि यन्त्रसहित नयाँ आधुनिकिकरणमा लैजानु पर्ने र जलवायु परिवर्तन रोकथाम गर्ने उदेश्यले सामाग्री वितरण गरिएको बताए। उनले धनकुटा नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेकै कारणले धनकुटालाई एभोकार्डोको राजधानी घोषणा गरिएको बताए । साथै उनले किसानहरुलाई धनकुटा नगरपालिकाले अन्य दिनहरुमा पनि साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए।

कार्यक्रममा वडा नं. ३ का वडाअध्यक्ष विकास घिमिरे, नगर कार्यपालिका सदस्य सुलोचना बसेल, वडा सदस्य बाबुराम मिश्र, मेखबहादुर राई, धनकुटा नगरपालिका वातावरण शाखा प्रमुख उपेन्द्र खनाल, पर्डेप नेपालका कार्यक्रम संयोजक मिनप्रसाद सुवेदी, वडा नं. ३ का वडासचिव कृष्ण भण्डारी, राजनितिक दलको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटा नगर सचिबालय सदस्य लक्षमण घिमिरेले शुभकामना मन्तव्य राखेका थिए।

जलवायु परिवर्तन अनुकुलन नमुना गाउँ कार्यक्रम अन्तर्गत धनकुटा नगरपालिकाको वडा नं. १ को सिजाली, थिङ ओख्र बरबोटे, ओक्मालुङ का २ सय ५५ घर, वडा नं. २ को मुडे चोक्रोकका एक सय ३५ घर, वडा नं. ३ को मार्गा पात्ले टोलबस्ती संगठनका ४० घर र वडा नं. १० को उत्तरपानीका ७० घरलाई प्लाष्टिक टनेल वितरणको कार्यक्रम रहेको पर्डेप नेपालका कार्यक्रम संयोजक मिनप्रसाद सुवेदी जानकारी दिए। उनले यो कार्यक्रममा धनकुटा नगरपालिकाका अन्य एक सय घर थप गर्ने तयारी पनि भइरहेको बताए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖