दाल भात तरकारीमा नून चर्को भयो : हरिवंश आचार्य
काठमाडौ । मह जोडीको निर्माणमा बनेको चलचित्र दाल भात तरकारीले दर्शकबाट राम्रो प्रतिक्रिया नपाएपछि हरिवंश आचार्यले सबै गल्तिको जिम्मेवार म लिन्छु भन्दै चलचित्रमा गरेको प्रयोग दर्शकले नरुचाएको निचोड निकाले ।
क्यानाडा नेपालसंगको कुराकानीमा हरिवंश आचार्यले दाल भात तरिकारीमा भएको कमजोरीलाई स्वीकार्दै अर्को चोटी सच्याउने प्रतिवद्दता समेत व्यक्त गरे । आफुले नया प्रयोग गर्न खोजेकोले गर्दा केही दर्शकलाई चलचित्र लाउड लागेको हो जुन कुरा म स्विकार्छु र अर्को चोटी दर्शकको रुचाई अनुसार चलचित्र बनाउने कुरा निर्माता आचार्यले उल्लेख गरेका छन् । दाल भात तरकारीमा नून चर्को भएको निचोड हरिवंश आचार्यले निचोड निकाले ।

“चलचित्रमा निर्देशक देखि कलाकारहरुले राम्रो काम गर्नुभयो र चलचित्र व्यापारिक हिसाबमा सफल नै रह्यो तर शत्रुगते बाट पाएको माया जत्ति भने पाउन नसकेको हो । मैले नै यसको जिम्मेवार लिन्छु किनकी मैले यस चलचित्रमा नया प्रयोग गर्न खोजेको थिए जुन दर्शकलाई लाउड लाग्यो ।
रंगमंचको स्वाद मैले चलचित्रमा पस्किन खोजेको थिए जुन हेर्दा दर्शक हास्नु त भयो तर लाउड पनि फिल गर्नुभयो । कहिले काही दाल भात तरकारी पकाउँदा नून चर्को हुन्छ । अर्को चोटी मिठो पकाउछु ।”


