मोडल अनामिका कार्कीको मोडलिङ मोह

काठमाडौँ: मोडल अनामिका कार्की नेपाली सिने क्षेत्रमा प्रवेश गर्दै गरेकी नब मोडल हुन् । कुनै पनि क्षेत्रमा मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भबनै छ । सिनेनगरीमा नाम र दाम कमाउने चाहाना सबैको हुन्छ । नाम कमाउन अनि चर्चित हुने रहर सबैको हुन्छ त्यही अनुसार आफ्नो क्षमता प्रदर्शन गर्दै अघि बढेकी छिन अनामिका ।

राजधानी काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन, त्यसै सपना संग जोडिएको युवा पुस्ताको रोजाइ सिने संसार अर्थात मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने युवा पुस्ता सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमाआफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नब मोडल हुन अनामिका कार्की अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन ।

सुदुरपश्चिम कन्चनपुरमा जन्मथलो भएर बिगत २ बर्ष देखि काठमाडौँलाइ कर्मथलो बनाउदै सिनेनगरीमा संघर्ष गर्दै आएकी मोडल अनमिकाले करिब आधा दर्जन म्युजिक भिडियोमा अभिनय गर्नुको साथै विभिन्न स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति समेत दिएर आफ्नो नृत्य तथा अभिनय क्षमत प्रदर्शन गरिसकेकी छिन ।

अभिनय तथा नृत्यमा पोख्त मोडल अनामिका सुन्दर मुहार र आकर्षक शरीरको धनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण हो । उनि मेहनतका साथ अभिनय र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन l अनामिका हेर्दा पनि निकै आकर्षित हासी रहने शालीन स्वभाबकि छिन । मोडल अनामिका भन्छिन यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा आफु अभिनय गर्न तयार रहेको उनि बताउछिन ।

सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने अनामिका अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोशिषरत छिन । अनामिकाले भनिन्, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो । एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि मोडल कार्की बताउछिन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖