गाऊमा मजदुर नहुँदा पहेलपुर भएको धान भित्र्याउन स’मस्या
धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकाका जंगबहादुर लिम्बुको धान खेतमा पाकेर पहेलपुर भएको छ तर घरमा भित्राउन तयार भएको धान भित्राएका छैनन् यसको कारण हो कृषि मजदुर अभाव हुनु ।
लिम्बु त यस्ता एक प्रतिनिधी पात्र मात्र हुन अहिले सबै किसानको मुख्य समस्या भनेको कृषि कर्मका लागि कामदार नपाईनु गाउँका यूवाहरु बिदेशिने क्रम नरोकिएपछि मंसिरे धान भित्र्याउने चटारोमा लागेका किसानलाई अन्य बालि लगाउदा र भित्राउदा यस्तै कामदार समस्याले झेल्दै आएको छ ।
कृषि मजदुर नपाईए पछि सिंचाई सुविधा उपलब्ध भएका खेतमा समेत धान रोपाई हुन छाडेको अर्का स्थानिय इन्द्र बहादुर लिम्बु बताउँछन् । बिगतका बर्षमा अर्मपर्म र फेरो गरि आलो–पालो बालीनाली भित्र्याउँने गरेपनि यतिबेला सबै किसान आ–आफ्नै खेतको धमाधममा लागेका कारण समेत समस्या हुने गरेको लिम्बुको भनाई छ ।
खेताला पाउन छाडेको धेरै भयो । यतिबेला धान लगायत कोदो, बोडी, फापर जस्ता बाली भित्राउन गाउँलेलाई भ्याई नभ्याई छ उनले भने । कृषि संग सम्वन्धी संस्था र स्थानिय सरकारले कृषि प्रविधि वितरण गर्न सुरु गरे पनि पहाडमा तराईका जिल्लामाझै मेशिनले धान रोप्ने र काट्ने प्रबिधी प्रयाप्त रुपमा आई नसकेकाले पनि खेती किसानीमा समस्या भएको किसान बताउँछन् ।
कृषि श्रमिकको समस्या समाधानका अघिपछि गरेर बालीनाली लगाउनुको विकल्प नभएको प्राविधिकहरुले बताएका छन ।


