‘भ्वाइस अफ नेपाल’को ‘ग्राण्ड फिनाले’ – हेर्नुस् लाईभ भिडियो

काठमाडौं । दोश्रो संस्करणको द भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले आज हुँदैछ । हिमालाय टेलिभिजनको पर्दामा राति ८ बजेबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रम राजधानीको चावहिलस्थित चुच्चेपाटीकको हायात ग्राउण्डमा हुँदैछ ।

ग्राण्ड फिनालेमा चार प्रतिस्पर्धी प्रतिस्पर्धीसँगै उत्कृष्ठ १२ जना प्रतिस्पर्धीहरुले पनि आफ्नो प्रस्तुती दिनेछन् । यसका साथै ग्राण्ड फिनालेमा अघिल्लो संस्करणको द भ्वाइस अफ नेपालका विजेता सिडी विजय अधिकारीले पनि आफ्नो प्रस्तुती दिनेछन् । गत शुक्रबार शो ले फाइनलिस्ट पाएको थियो । पूर्णतया भोटिङको आधारमा भएको निर्णयमा चारजना फाइनलमा पुगेका थिए । ४ वटा टीमबाट ४ जना फाइनलमा पुगेका हुन् ।

फाइनलमा पुग्नेहरुमा टीम प्रमोदबाट राम लिम्बु, टीम आस्थाबाट सनिश श्रेष्ठ, टीम दीपबाट बिकास लिम्बु र टीम राजुबाट आरिफ रौफ रहेका छन् । गत शुक्रबार भएको लाइभ कार्यक्रममा उनीहरुमध्ये को फाइनलमा जाने भन्ने निर्णय सुनाइएको थियो ।

प्रमोद खरेलको टीममा मेचु धिमाललाई पछि पार्दै राम लिम्बु ग्राण्ड फिनालेमा पुगेका हुन् भने आस्था राउतको टीमबाट यांकी याल्मोलाई पछि पार्दै आरिफ रौफ अघिल्लो राउण्डमा छानिएकी हुन् । त्यसैगरी राजु लामाको टीमबाट सनिश श्रेष्ठ र दीपा शर्मा प्रतिस्पर्धामा थिए भने दीप श्रेष्ठको टीममा बिकास लिम्बु र सञ्जय महत र्‍याकुल रहेका थिए । उनीहरुमध्येबाट हरेक टीमको कम भोट आएको आधारमा प्रतिस्पर्धीहरु बाहिरिएका हुन् ।

पहिलो सिजनको ‘द भ्वाइस अफ नेपाल’को फाइनल कतारको राजधानी दोहामा गरिएको भएता पनि यो वर्षको फाइनल भने राजधानीमै हुने भएको छ । करिब ३ घण्टा चल्ने फिनालेमा देशका दिग्गज कलाकारहरुको सहभागी हुँदैछन् । खेल हेर्नको लागि सिल्भर, गोल्डेन र प्लाटिनम गरी तीनथरी टिकटको व्यवस्था गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।