‘भ्वाइस अफ नेपालको दोस्रो संस्करणको ताज राम लिम्बुलाई
काठमाडौं । दोश्रो संस्करणको द भ्वाइस अफ नेपालको उपाधि राम लिम्बुले जितेका छन् ।
काठमाडौंको चुच्चेपाटीस्थित होटल हायतको ग्राउन्डमा शनिबार मध्यरातमा सम्पन्न फिनालेबाट उनी दोस्रो भ्वाइस अफ नेपाल बन्न सफल भएका हुन्। राम टीम प्रमोदबाट विजयी भएका हुन्।
दर्शकले दिएको भोटको आधारमा उनी दोस्रो भ्वाइस अफ नेपाल बन्न सफल भएका हुन्। योसँगै उनले १० लाख नगद, ड्याट्सन गाडी, म्युजिक एल्बमको कन्ट्र्याक्टसमेत हासिल गरेका छन्।
कम भोट प्राप्त गरेका कारण विकास लिम्बु, सनिष श्रेष्ठ र आरिफ रौफको भ्वाइस अफ नेपाल बन्ने सपना चकनाचुर भयो।
यसअघि फिनालेमा पुगेका उनीसँगै चारै प्रतियोगी र उनीहरुका कोचहरुले आफ्नो प्रस्तुति दिएका थिए ।
विश्वका १९२ भन्दा बढीहरु सफल प्रसारण भएको यो प्रतियोगिता नेपालमा पनि धेरैको मन जित्न सफल भयो ।
शोमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था रावत कोचको भूमिका रहेका थिए।


