पूर्वाञ्चल गट ट्यालेन्ट : नृत्य र गायनमा १६-१६ जना फाईनलमा
धनकुटा खबर । टिन्स क्रियु डान्स सेन्टर र नेपाली भाषा तथा अनुसन्धान केन्द्र धनकुटाको संयुक्त आयोजनामा भईरहेको पूर्वाञ्चल गट ट्यालेन्ट प्रतियोगिताको नृत्य र गायन तर्फ कै १६/१६ जना फाईनल राउण्डमा प्रवेश गरेकाछन् ।
गएराती अवेर सम्पन्न प्रतियोगिताको ग्राण्ड सेमिफाइनल अर्थात ब्याटल राउन्डवाट उनिहरु फाईनल राण्डका लागि छनौट भएका हुन् । टिन्स क्रियु डान्स सेन्टर धनकुटाका संयोजक सुमन योगीका अनुसार यसअघि छनौट भएका २६/२६ जना मध्येवाट नृत्य र गायन तर्फ नै उत्कृष्ठ १६/१६ जना छनौट भएका हुन् ।
छनौट हुनेहरुमा नृत्य तर्फ लजिव शाही ठकुरी,सरोज साशंकर,खुशी लिम्वु,विशेष गुरुङ्ग,अभि तामाङ्ग,एलिसा राई,यसोदा तामाङ्ग,सुमना गुरुङ्ग,सुजन राई,एलिसा लुवागुन,मनिषा तामाङ्ग,क्षेमी डोल्कर शेर्पा,सन्द्या के सी,वि वि मगर,प्रयासना शेर्पा र आयुष रिजाल रहेकाछन् ।

त्यस्तै गरी गायन तर्फ गृसम श्रेष्ठ,प्रविण वि सि,रविशन खत्री,मन कुमार राई,जितेन दुमि राई,जयराम विक,कृष्ण मगर,पूर्ण छिलिङ्ग राई,आकृती लिम्वु, जमुना कार्की,सुदिक्षा भट्टाराई, सपना विक,प्रकाश माझी,उदित गुप्ता, विराट तामाङ्ग र कुमार मगर रहेकाछन् । प्रतियोगिताको फाईनल पौष ५ गते धनकुटा वजारमा हुने आयोजकले जनाएको छ । फाईनल राउण्डका जजहरुमा नृत्य तर्फ दिलिप रायमाझी सहित गायन तर्फ कुन्ती मोक्तान, अशोक मुकारुङ्ग र सूर्य वालिङ्ग राई रहनेछन् ।
प्रतियोगिताको नृत्य र गायन तर्फ कै विजयी प्रथमले नगद १ लाख सहित ५ लाख वरावरको जीवन विमा,दोश्रो हुनेले २ लाख वरावरको जीवन विमा पुरस्कार पाउनेछन् भने एक जना लक्की प्रतिष्पर्धीलाई सिंगापुर ट्रिप लगिने छ ।


