मिस पुर्वान्चलको प्रतियोगीहरुलाई शिष्टाचार तालिम

धरान ।  आगामी पौष ५ गते धरानमा आयोजना हुने पूर्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता नेपालआईस मिस पुर्वान्चल को दसौ संस्करणको सहभागी प्रतियोगीहरुलाई आइतबार धरानस्थित युएन नवोदय कलेज अफ होटल म्यानेजमेन्टमा शिष्टाचार व्यस्थापन तथा डाईनिङ्ग एट्टीच्युड सम्बन्धि तालिम दिईएको छ ।

प्रतियोगीहरुलाई कलेजका होटल म्यानेजमेन्टका प्रमुख संयोजक गगन श्रेष्ठले खाना खाने तरिका ,बस्ने तरिका र कति मात्रामा खाने संगै डाईनिङ्ग एट्टीच्युड सम्बन्धि बिसेष तालिम दिईएको थियो । दुइ दशक देखि नै होटल म्यानेजमेन्ट क्षेत्रमा दक्खल राख्नुहुने प्रशिक्षक गगन श्रेष्ठले मिस पुर्वान्चलको सुरुवाती दिन देखि नै प्रतोयोगीहरुलाई प्रशिक्षण दिदै आउनुभएको छ ।

प्रियारानी लामाको कोरियोग्राफीमा प्रतिस्प्रधिहरू फिनालेको ट्रेनिंगमा ब्यस्त छन् संगसंगै उनीहरुलाई धरान हेल्दी होमका सीइओ सुप्रिया माझीले हेल्थ टिप्स , बिपीकेआइएचएस का ऐनाटोमी डिपार्टमेन्टका डा . सरुन कोइराला र डा . सन्दिप शाहले ज्यामितीय अनुहार एन्थ्रोपोमेटिक आकलन तथा अनुहारको प्रकारहरु बारे प्रशिक्षण दिएका थिए । त्यस्तै पत्रकार देबेन्द्र कार्कीले कन्फ़िडेन्ट लेभल कसरि बढाउने भन्ने बारे जानकारी दिएका थिए ।

सिजी ब्रुअरी को मुख्य प्रायोजन, बराह ग्रुपको प्रस्तुति , ओम शान्ति कम्पनि लिमिटेड सिओल कोरिया र डिभाइन वाइनको को सह -प्रायोजनमा तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा हुने नेपाल आईस मिस पुर्वान्चल २०१९को बिभिन्न सब टाइटलको लागि समेत फिनाले अघि प्रतिस्पर्धा गराइदैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।