मोरङ पुगेकी ‘भ्वाईस अफ नेपाल’की श्रेया हात जोड्दै मिडियामा, कारण यस्तो (भिडियो सहित)

काठमाडौं । दी भ्वाईस अफ नेपाल सिजन १ की स्पर्धी श्रेया हात जोड्दै मिडियामा आएकी छिन् । आफुले गाएको गीतलाई जिताउनका लागि उनी भोट माग्दै मिडियामा आएकी हुन् ।

गीतकार तथा संगीतकार डी आर अटुको शब्द, संगीत र श्रेयाको आवाजमा रहेको पूर्बेली मारुनी भाकाको गीत “एक्ले बर’ लिम्दुमी क्रियसनको युट्युब च्यानलबाट ९ महिना अगाडि सार्बजनिक भएको थियो ।

अहिले आएर यो गीत अमिन नेशनल एवार्डको मनोनयनमा पर्न सफल भएको छ । भोट गर्नको लागि नेपालबाट NEPAL बाट चाहिँ 52D टाइप गरि 38000 मा र कतारबाट Ooredo प्रयोगकर्ताले 52D टाइपगरेर 92300 मा पठाउनु पर्नेछ ।

यो कार्यक्रमको प्रसारण नेपाल टेलिभिजनबाट प्रतक्ष्य हुनेछ साथै आफु र यो गीतलाई माया गरिदिनु हुने सम्पूर्ण नेपालीहरुलाई भोट गरिदिनु हुनको लागि पनि गायिका श्रेयाले आफ्नो फेसबुक मार्फत अनुरोध गरेकी छन् ।

विभिन्न देशहरुको सांगीतिक कार्यक्रममा सहभागिता जनाइ सकेकी राई अहिलेको सांगीतिक बजारमा एकदमै ब्यस्त गायिकाको रुपमा अगाडि आएकी छिन् ।

बाल्यवस्थादेखि नै सांगीतिक परिबेशमा हुर्केकी राई का बाबा स्वयं पनि राम्रो गायक पनि हुन् । सायद त्यहीं वातावरणमा श्रेयाले पनि संगीत प्रतिको मोह पलायो ।

धनकुटाको साबिक मुगा गाबिस(हाल:पाख्रिबास नपा) मा जन्मिएकी गायिका श्रेया राई भ्वाइस अफ नेपाल सिजन-१ मा टप ८ सम्म पुग्न सफल भएकी थिइन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।