प्रदेश न . १ स्तरिय पहिलो स्टेट वान सिङ्गिङ्ग आइडलको फिनाले आज

धरान ।  धरानस्थित धरान सभागृहमा प्रदेश न . १ स्तरिय पहिलो स्टेट वान सिङ्गिङ्ग आइडलको फिनाले आज हुदैछ ।

रेडमुन इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको स्टेट वान सिङ्गिङ्ग आइडलमा विभिन्न चरणको अडिशन तथा निर्णायकहरुको बिभिन्न चरण पार गर्दै फिनालेको लागि नौ जना प्रतियोगीहरु भिड्दैछन् ।

भोजपुरको सुदेश राई , झापाकी जस्मिन बराल , सुनसरीकी प्रिया लामा , उदयपुरकी शोभा तामांग , पाँचथरको डेबिट लिम्बु , धनकुटाकी शान्ता लिम्बु , धनकुटाको हिमाल मगर ,सुनसरीकी शोभा कुलुङ्ग र झापाको समिर मोते लगायतको नौ प्रतिस्प्रधीहरुले फिनालेमा देखाउने आफ्नो गायन प्रस्तुतिबाट पहिलो स्टेट वान सिङ्गिङ्ग आइडलको छिनोफानो हुनेछ ।

बरिष्ट गायक दीप श्रेष्ठ प्रमुख निर्णायक रहने स्टेट वान सिङ्गिङ्ग आइडलको अन्य निर्णायकहरुमा दक्षिण कोरियामा एक समय कोरियन गीतहरु गाएर नाम कमाउनु भएका तथा हाल एनआरएन कोरियाका सल्लाहकार रहनुभएको गंगाराज राई र संगीतकार , गायक तथा प्राज्ञ रामकुमार राजधामी रहनुभएको छ ।

स्टेट वान सिङ्गिङ्ग आइडलको बिजेताले भेस्पा स्कुटी , दोस्रोले ७० हजार र तेस्रोले ५० हजार पुरस्कार पाउनेछन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।